Thursday, February 15, 2018

जाँदाजाँदै दुई मन्त्रीले गरे सरुवा

काठमाडौं, ३ फागुन– बहिर्गमनको तयारीमा रहेको सरकारका दुई मन्त्रीले आफ्नो मन्त्रालय मातहतका महत्वपूर्ण पदमा सरुवा गरेका छन् । दुवै जनाले बुधबार मन्त्रीस्तरीय निर्णय गरी सरुवा गरेका हुन् । सिंचाइ मन्त्री सञ्जय गौतमले उमेर हदले अनिवार्य अवकास पाउन १८ दिनमात्र बा“की रहेका सिंचाइ विभागका महानिर्देशक अशोक सिंहलाई जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेका छन् ।
 सिंहले ५८ वर्ष उमेर पूरा गरी आगामी फागुन २० मा अवकास पाउ“दैछन् । गौतमले सहसचिव सरोज पण्डितलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । गौतमले बबई सिंचाइ आयोजना प्रमुख रमेशबन्धु अर्याललाई समेत मन्त्रालयमा सरुवा गरेका छन् ।  उक्त आयोजनामा योञ्जन श्रेष्ठलाई लगिएको छ ।

स्वास्थ्यमन्त्री दीपक बोहराले बुधबार नै मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य विभागको महानिर्देशक परिवर्तन गरेका छन् । उनले १२ औं तहका डा विनोदमान श्रेष्ठलाई विभागको महानिर्देशक नियुक्त गरेका छन् । श्रेष्ठले आगामी  चैतमा उमेर हदले अनिवार्य अवकाश पाउ“दैछन् ।
यसअघि मन्त्री बोहराले नियमविपरीत बहाल रहेका निमित्त महानिर्देशक डा राजेन्द्र पन्तलाई हटाई ११ औं तहका डा तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । पन्तले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत गुहार्न पुगेका थिए ।
सर्वोच्चले पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो । मन्त्री बोहराले भने सर्वोच्चको आदेशको बेवास्ता गर्दै डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । अब डा. पन्त राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी र डा. पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने जानकारी स्वास्थ्य मन्त्रालय स्रोतले दिएका छन् ।

No comments:

Post a Comment