Thursday, June 7, 2018

दलित भएकै कारण डेरा नपाएको सांसदको गुनासो

काठमाडौं, २१ जेठ– संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफूले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै मुलुकको केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि डेरा पाउन नसकेको बताइन् ।
‘सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रीय राजधानीमै दलितमाथि यति ठूलो छुवाछुत र भेदभाव रहेछ’ उनले भनिन् ‘हामीले डेरा खोजेको एक महिना पूरा भयो, दलित भएकै कारण पाउन सकेका छैनौं ।’ उनले संसदमा सरकारले छुवाछुत अन्त्य भएको पटकपटक घोषणा गरे पनि काठमाडौंमा नै आफूसहित दलितहरूको छुवाछुतको समस्या भोग्नुपरिरहेको बताइन् । ‘संसदमा पहिल्यै पटकपटक छुवाछुत अन्त्यको घोषणा भएको सुनिरहेको थिए“’ सांसद विश्वकर्माले भनिन् ‘राजधानीमै यस्तो छुवाछुत रहेछ भने दुरदराजका गाउ“घरको हालत कस्तो होला ?’

उनले दुरदराजका गाउ“घरहरूमा दलितहरूले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्नेजस्तो अन्यायपूर्ण भेदभाव र छुवाछुत रहेको बताइन् । उनले भेदभाव र छुवाछुत निर्मूल पार्न दलित शब्द नै हटाउन सरकार र संसदसमक्ष माग गरिन् । ‘हामी दलित होइनौं शिल्पी हौं, दलित शब्द नै हटाऔं’ विश्वकर्माको भनाइ थियो ।

No comments:

Post a Comment