Monday, June 18, 2018

चीनसितका सहमति कार्यान्वयन गर्न संयुक्त सयन्त्र गठन गरिने

काठमाडौं, ३ असार– चीन सरकारसितका समझदारी र सहमतिअनुसार अघि बढेका र अब बढाइने कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयुक्त संयन्त्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले चिनिया“ सहयोगका कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदले संयुक्त संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा चिनिया“ विदेश मन्त्रालयस“ग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दिए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा सरकारले विगतमा चीनस“ग भएका र अब हुने सहमति र सम्झौता कार्यान्वयनलाई सहज बनाउने गरी आवश्यक संयुक्त संयन्त्र स्थापना गर्ने परराष्ट्र मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेको हो ।

सुन समितिको म्याद थपियो
सरकारले सुन तस्करी र सनम शाक्यको हत्याको घटनाको अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न गठित विशेष अनुसन्धान समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले समितिको म्याद असार मसान्तसम्मका लागि थप गरेको छ ।
गत चैत ३० मा मन्त्रिपरिषदले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो । सुरुमा दिइएको ४५ दिनको समय अपर्याप्त भएपछि सरकारले समितिको म्याद थपेको हो ।
खानेपानी संस्थान बोर्डको सदस्य घटाइयो
सरकारले नेपाल खानेपानी संस्थानको बोर्ड सदस्य ९ जनामात्रै कायम गरेको छ । मन्त्रिपरिषदले बोर्डमा १९ सदस्य रहेकामा १० जना कटौती गरी ९ जनामात्रै कायम राख्ने निर्णय गरेको हो ।
सरकारले उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जका लागि थप दरबन्दी स्विकृत गरेको छ । उच्च अदालतको इजलाश रहेका ती दुई जिल्लामा उच्च सरकारी वकिलको कार्यालयमा कर्मचारी अपुग भएपछि थप दरबन्दी स्वीकृत गरिएको जानकारी मन्त्रिपरिषद स्रोतले दिएको छ ।

No comments:

Post a Comment