Friday, June 29, 2018

विद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति

काठमाडौं, १५ असार– सरकारले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ ‘बी’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीलाई निर्माण क्षेत्रमा पर्ने वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको जानकारी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले दिए । 

विद्युत प्राधिकरणको सहायक कम्पनीले उक्त आयोजना निर्माणका लागि लाइसेन्स लिई काम अघि बढाएको छ । माथिल्लो त्रिशुली ३ ‘बी’  ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट बिजुली उत्पादनपछि छाडिने पानीलाई सोझै सुरुङमार्फत विद्युत गृहमा लगी बिजुली निकाल्ने क्यास्केड आयोजना हो । यो आयोजनाका लागि त्रिशुली नदीमा इन्टेक (बा“ध) बनाउनु पर्दैन ।

सरकारले खाद्यान्न ढुवानी अनुदानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैया“ उपलब्ध गराउने निर्णय गरेको छ । 

No comments:

Post a Comment