Friday, June 29, 2018

प्रधानमन्त्रीको चीन भ्रमण सफल : मन्त्रिपरिषद

काठमाडौं, १४ असार– मन्त्रिपरिषदले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा सफल रहेको निष्कर्ष निकालेको हो ।
‘मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष निकालेको छ’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बा“स्कोटाले संवाददाताहरूसित भने ।

ईयूले ५ अर्ब अनुदान दिने
युरोपेली युनियनले ५ अर्ब ६ करोड अनुदान सहायता दिने भएको छ । मन्त्रिपरिषदले ईयूको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । यो सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च गरिने जानकारी सरकारका बा“स्कोटाले दिए । मन्त्रिपरिषदले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment