Monday, June 25, 2018

ठूलो परिमाणमा चरेस र अफिम बरामद

काठमाडौं, १० असार– प्रहरीले २ सय १३ किलो लागू औषध चरेस र २ किलो २ सय ५० ग्राम अफिमसहित  एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले आइतबार बिहान भारतको मोतिहारी मोखिलिसपुरका २५ वर्षीय मेराज आलमलाई राजधानीको कलंकीबाट ठूलोमात्रामा लागू औषधसहित पक्राउ गरेको हो ।
आलमले नेपालबाट लामो समयदेखि सुनौली नाकाबाट भारतको गोरखपुर हु“दै नया“ दिल्लीसम्म लागू औषध लग्ने गरेको प्रहरीले जनाएको छ । उनले भारतीय नम्बर प्लेट डब्लूबी २३ बी ५८८५ नम्बरको ट्रकमा व्यवस्थित रूपमा फल्स बटम बनाई लागू औषध भारत तस्करी गर्दै आएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । 

प्रहरीले ट्रक जा“च गर्ने क्रममा लागू औषध बरामद गरेको हो । ‘भारतबाट केही सामान हालेर नेपाल आउने र जा“दा खाली गएको देखाउने तर, ट्रकभित्र लागू औषध लाने गरेको पाइयो’ प्रहरी स्रोतले भन्यो ।
ब्युरोका अनुसार आलमले नेपालको धादिङ र मकवानपुर पुगेर लागू औषध लोड गरी काठमाडौं आई भारत जाने गरेका थिए । प्रहरीले शंका गर्न नसकोस् भनेर उनले यस्तो तरिका अपनाएको दाबी प्रहरीको छ । आलम तस्करीको भरियामात्र भएको र खास तस्कर अरू नै भएको दाबी प्रहरीको छ । आलमले यसअघि पनि लागू औषध ओसारपसार गर्ने गरेका थिए । प्रहरीले बरामद लागू औषधको मालिकको खोजी भइरहेकोसमेत जनाएको छ ।
नेपालमा उत्पादन हुने चरेस र अफिमको बजार भारत र युरोपीय देशहरू रहेको दाबी प्रहरीको छ । तस्करले नेपाललाई ट्रान्जिट बनाएर लागू औषध ओसारपसार र कारोबार गर्ने गरेको प्रहरी अधिकारी बताउ“छन् । भारतीय बजारमा एक किलो चरेसको बजार मूल्य २० हजारदेखि ३० हजार रुपैया“सम्म पर्छ । 


No comments:

Post a Comment