Monday, June 11, 2018

एआईजी घटे, प्रहरी दरबन्दी ३,१०१ ले बढ्ने

काठमाडौं, २७ जेठ– सरकारले नेपाल प्रहरीलाई ३ हजार १ सय १ नया“ दरबन्दी सिर्जना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नया“ संरचनाअनुसार उक्त संख्यामा दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बा“स्काटोका अनुसार सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६ सय दरबन्दी पूर्ति गर्ने तथा बा“कीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित ३ हजार १ सय १ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

उनका अनुसार मन्त्रिपरिषदले सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रूपान्तरण गर्ने निर्णय गरेको छ । 
मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णयसमेत गरेको छ । बा“स्कोटाका अनुसार रकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा छ जना रहेको थियो ।

No comments:

Post a Comment