Sunday, June 24, 2018

५ महिला कामदार विमानस्थलबाट फर्काइए

काठमाडौं, ९ असार– वैदेशिक रोजगारका लागि कुवेत प्रस्थान गर्न लागेका ५ नेपाली महिला कामदारलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ । वैदेशिक रोजगार विभागको विमानस्थलस्थित श्रम डेस्कले कागजात चेकजा“च गर्ने क्रममा कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेको पाएपछि उनीहरूलाई फिर्ता पठाएको हो ।
विभागका एक अधिकारीका अनुसार वैभव म्यानपावर कम्पनीले उनीहरूलाई ‘रिसेप्सनिष्ट’ मा काम गर्ने भनेर पठाएको, तर भिसामा भने ‘क्लिनर्स’ का लागि श्रम स्वीकृति दिइएको पाइएको थियो । उनीहरूलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको हो । ‘कुवेत पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले उनीहरूलाई फिर्ता गरिएको हो’ ती अधिकारीले भने ।


No comments:

Post a Comment