Monday, June 25, 2018

१७ सय कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, ११ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले करिब १७ सय निजामती कर्मचारीलाई कारबाही गर्न विभिन्न मन्त्रालय र निकायलाई सिफारिस गरेको छ । केन्द्रले कार्यालयमा समयमा नआउने र निजामती पोशाक नलगाउने एक हजार ६ सय ६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे हो ।
केन्द्रका एक अधिकारीले दिएको जानकारीअनुसार समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखमार्फत स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मको कारबाही गर्न सिफारिस गरिएको छ । केन्द्रले ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६ सय ६८ कर्मचारी पाइएको उल्लेख गर्दै उनीहरूलाई कारबाही गर्न सिफारिस गरिएको जनाएको छ ।

कारबाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार १ सय १९ जना र पोशाक नलगाउने ५ सय ४९ जना छन् । कारबाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्रका मन्त्रालयका कर्मचारी सबभन्दा बढी छन् । सिंहदरबारभित्रका कार्यालय समय पालना नगर्ने १ सय ८८ जना र पोशाक नलगाउने २ सय ८० जनालाई कारबाहीे गर्न सिफारिस गरिएको छ ।

No comments:

Post a Comment