Saturday, January 31, 2015

पाँच क्षेत्रका सहित १४ डीआईजीको सरुवा

काठमाडौं, १६ माघ– गृह मन्त्रालयले पाँच विकास क्षेत्रका क्षेत्रीय प्रहरी कार्यालयका पाँचै जना प्रमुखसहित १४ जना नायव प्रहरी महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका केशव अधिकारीलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा, प्रहरी प्रधान कार्यालयको महानिरीक्षकको सचिवालयका माधव जोशीलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयका कमलसिंह बमलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

यसैगरी क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका केशबहादुर शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा, क्षेत्रीय प्रहरी कार्यालय दीपायलका जयबहादुर चन्दलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रहरी प्रतिष्ठानका रामकुमार खनाललाई क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा, अपराध अनुसन्धान विभागका मनोहरप्रसाद रिमाललाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ ।
सुरक्षा परिषदका विजयकुमार भट्टलाई प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयमा, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका पंकज श्रेष्ठलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरामा, विशेष ब्युरोका देवेन्द्र सुवेदीलाई क्षेत्रीय प्रहरी कार्यालय, हटौंडामा, क्षेत्रीय प्रहरी कार्यालय, पोखराका बमबहादुर भण्डारीलाई प्रहरी प्रधान कार्यालय विशेष व्युरोमा, क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रकाश अर्याललाई अन्वेषण योजना निर्देशनालयमा र प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका माधवप्रसाद नेपाललाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सारिएको छ । 


No comments:

Post a Comment