Friday, October 19, 2012

सिउरी खोलाबाट ५ मेगावाट विद्युत् उत्पादन सुरु

यस वर्ष ३९ मेगावाट विद्युत् थपिने
काठमाडौं, ३ कात्तिक- पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत् आयोजनाले यसै साताबाट विद्युत् उत्पादन सुरु गरेको छ । न्यादी ग्रुप प्रालिले निर्माण गरेको सिउरी खोला आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी विद्युत् प्राधिकरणका व्यापार विभाग प्रमुख शेरिसंह भाटले दिए ।
लमजुङ जिल्लाको बुलबुले र बाहुनडाँडा गाविसको दोभानमा ९२ करोड रुपैयाँको लागतमा निर्माण भएको यो आयोजनाले वार्षिक ३ करोड २० लाख युनिट (३२ गेगावाट आवर) विद्युत् उत्पादन गर्ने जानकारी न्यादी ग्रुप प्रालिका प्रवद्र्धक शैलेन्द्र गुरागाईंले जानकारी दिए । उनका अनुसार उक्त आयोजनाको निर्माण कार्य तीन वर्षमा सम्पन्न भएको हो ।
न्यादी ग्रुप प्रालिमा गणेश कार्की, शैलेन्द्र गुरागाईं, बटु लामिटछाने र भोगेन्द्र गुरागाईंको लगानी छ । यी प्रवद्र्धकहरुले संखुवासभामा निर्माण गरेको ४.५ मेगावाटको हेवा खोला आयोजनाले विद्युत् उत्पादन सुरु गरेको एक वर्ष भएको छ ।
आर्थिक वर्ष २०६९/७० मा विद्युत् उत्पादन सुरु गर्ने यो दोस्रो आयोजना हो । ४.५ मेगावाट क्षमताको विजयपुर आयोजनाले विद्युत् उत्पादन गर्न थालेको एक महिना भएको छ ।
यस आर्थिक वर्षमा निजी क्षेत्रबाट निर्माण भइसकेका र सकिन लागेका ६ आयोजनाबाट प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा थप ३९ मेगावाट विद्युत् जोडिनेछ ।
दुई/तीन महिनाभित्रै स्वदेशी प्रवद्र्धकको लगानी रहेका थप तीन आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने भएका छन् । १० मेगावाटको तल्लो मोदीले परिक्षण उत्पादन सुरु गरिसकेको छ । केही दिनमै उक्त आयोजनाले कमसर्ियल रुपमा विद्युत् उत्पादन सुरु गर्दैछ ।
दस मेगावाट क्षमताकै अर्को सिपि्रङ खोला जलविद्युत् आयोजनाले परिक्षण दिनभित्रै परिक्षण उत्पादन सुरु गर्ने भएको छ । तीन महिनाभित्र ८.४ मेगावाटको आँखु खोला र ४ मेगावाट क्षमताको चाकु खोला आयोजनाले समेत विद्युत् उत्पादन सुरु गर्ने जानकारी भाटले दिए ।

No comments:

Post a Comment