Thursday, October 4, 2012

तरुण दलको महाधिवेशन माघ २० मा

काठमाडौं, १८ असोज- नेपाली काग्रेसको भातृ संगठन तरुण दलले आगामी माघ २० मा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको छ । दलको केन्द्रीय समितिको असोज १४ र १५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दै माघ २० मा महाधिवेशन गर्ने घोषणा गरेको हो ।
राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी दलका अध्यक्ष उदयसमसेर राणाले 'युवा जोश र सोचले बन्छ देश अवश्य, टोल-टोलमा बनौ तरुण दलको सदस्य' भन्ने नाराका साथ व्यापक सदस्यता वितरण गर्ने र पुस २० सम्ममा जिल्ला अधिवेशन गरिसक्नॆ कार्यक्रम तय गरिएको जानकारी दिए । उनले दललाई सबै तप्काका युवाको समावेशी संगठन विधान संशोधन गरी समावेशी बनाइएको बताए ।
तरुण दलले संविधान नबनाई संविधानसभा भंग गराएर सहमति र सहकार्यको बाटोलाई छोडी अप्राकृतिक गठबन्धनलाई प्रश्रय दिदै राष्ट्रिय स्वाधीनतामाथि आँच पुर् याउने काम गर्दै आइरहेको वर्तमान 'जनविरोधी, भ्रष्ट, नालायक सरकार' लाई हटाउन सडक आन्दोलन चर्काउने निर्णय गरेको राणाले बताए ।
दलले युवा स्वरोजगारको नाममा सरकारले माओवादी पार्टीका कार्यकर्ताद्वारा साचालित विभिन्न सहकारी संस्थालाई जथाभावी अर्बौ रुपैयाँ बाँडेर राष्ट्रिय ढुकुटीको हिनामिना गरेको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णयसमेत गरेको जानकारी राणुले दिए ।

No comments:

Post a Comment