Saturday, October 20, 2012

प्रधानमन्त्रीले मन्त्री बेलवासेलाई आज पदमुक्त गर्ने

काठमाडौं, ४ कात्तिक- प्रधानमन्त्री बाबुराम भट्टराईले घूस मागेको अभियोग लागेका श्रम तथा रोजगारमन्त्री कुमार बेलवासेलाई शनिबार साँझसम्म राजीनामा नदिएमा आइतबार पदमुक्त गर्ने जानकारी उनका सहयोगीले दिएका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव गंगानारायण श्रेष्ठका अनुसार भट्टराईले बेलवासेले घूस मागेको सार्वजनिक भएपछि शनिबार बिहानै उनलाई फोन सम्पर्क गरी राजीनामा दिन निर्देशन दिएका छन् । बेलवासे सत्तामा रहेको नेकपा मालेबाट मन्त्री भएका हुन् ।
प्रधानमन्त्रीले मालेका महासचिव सीपी मैनालीलाई समेत फोन सम्पर्क मन्त्री घूस प्रकरण्ँप्रति असन्तिुष्ट व्यक्त गर्दै विवादित मन्त्री बेलवासेलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेको जानकारी श्रेष्ठले दिए ।
श्रेष्ठका अनुसार शनिबार साँ´सम्म राजीनामा नदिए प्रधानमन्त्रीले बेलवासेलाई आइतबार बर्खास्त गर्ने भएका छन् । मन्त्री बेलवासेले म्यानपावर कम्पनी दर्ता गर्न घूस मागेको प्रकरण्ँ शुक्रबार सार्वजनिक भएको थियो ।
म्यानपावर व्यवसायीको आवरण्ँमा पुगेका 'भ्रष्टाचारविरुद्धको अभियान नेपाल' नामक सामाजिक संस्थाका पदाधिकारीसँग पार्टीका लागि भन्दै रकम मागेका हुन् । बेलवासे मालेका पोलिटब्युरो सदस्यसमेत छन् । यसअघि प्रधानमन्त्री भट्टराईले श्रम तथा रोजगारमन्त्री सरिता गिरीलाई समेत भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेका थिए ।
बेलवासेलाई पदमुक्त गरेपछि इतिहासमै सबभन्दा जम्बो ४९ सदस्यीय मन्त्रिपरिषद गठन गरेर रेकर्ड राखेका भट्टराई सरकारमा जम्मा १६ मन्त्री बाँकी रहनेछन् । कांग्रेस, एमालेलगायतका दलले सत्ता छाडेपछि मन्त्रिपरिषदको आकार सानो हुन पुगेको हो ।
भट्टराई सरकारमा बेलवासेबाहेक एकीकृत माओवादीका प्रधानसहित ६, छ मधेसी दलका ६ र साना दल माले समाजवादी, परिवार दल, नेपा पार्टी र चुरे भावर पार्टीका एक/एक गरी १६ मन्त्री छन् ।

No comments:

Post a Comment