Thursday, October 11, 2012

आफैं कपी जाँच्दै, आफ्नै छोरी र पत्नीलाई पास गराउँदै उच्च प्रशासक

काठमाडौं, २५ असोज- उच्च प्रशासकहरु आफ्नी छोरी र पत्नीलाई निजामती सेवामा प्रवेश गराउन आफ्नो पद र पहुँचको कतिसम्म दुरुपयोग गर्दा रहेछन् भन्ने उदाहरण बनेका छन् पूर्वशिक्षा सचिव रामस्वरुप सिन्हा र शिक्षा मन्त्रालयका बहालवाला सहसचिव सूर्य गौतम । सिन्हाले आफ्नी छोरी र गौतमले आफ्नी पत्नीलाई सबभन्दा निष्पक्ष मानिने लोकसेवा आयोगको शाखा अधिकृत विद्यालय निरीक्षक पदको परिक्षामा उत्तीर्ण गराउन कानुनको खिल्ली उडाउँदै आफ्नो पद र पहुँचको चरम दुरुपयोग गरेका हुन् ।
लोकसेवा ऐन नियमावली लोकसेवा कार्य साचालन निर्देशिकाविपरीत सिन्हाले छोरी अन्तिमाकुमारी सिन्हा र गौतमले पत्नी इन्दिरा ढकाल गौतमलाई लोकसेवाले लिएको लिखित परिक्षाको कपी आफैंले जाँचेर उत्तीर्ण गराएको फेला पारेको छ । सिन्हाको छोरी र गौतमकी पत्नीले लोकसेवाले िशÔा सेवाको विद्यालय निरीÔक पदको लिखित परिक्षा दिएका थिए । मर्यादित पदमा रहेका र रहिसकेका गौतम र सिन्हाको हर्कतले लोकसेवाले लिने परिक्षाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको सरकारी अधिकारी बताउँछन् ।
लोक सेवा आयोग कार्यसाचालन निर्देशिका २०६७ को अनुसूची १९ को उत्तर पुस्तिका परीÔण्ँ गरी पठाउने अनुरोधपत्रको बुँदा नं ८ मा परीÔण्ँकर्ताको कुनै नातेदारले परीÔा दिएको भए सिलबन्दीरुपमा नै उत्तर पुस्तिका परीÔण्ँ नगरी फिर्ता गर्नुपर्ने प्रावधान छ । उक्त यथार्थ थाहा हुँदाहुँदै सिन्हा र गौतमले कानुनले लगाएको बन्देजको बेवास्ता गरी आफ्नी छोरी र पत्नीलाई उत्तीर्ण गराउन आफैंले उत्तर पुस्तिका जाँचेको जानकारी लोकसेवाका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार सिन्हा र गौतम छोरी र पत्नीलाई उत्तीर्ण गराउन नियतवश नै प्रश्नपत्रको परिमार्जनमा समेत संलग्न रहेका थिए । गौतम परिक्षा नियन्त्रण कार्यालयको निर्देशक हुँदा एसएलसी परिक्षाको नतिजा प्रकाशन पद्धतिलाई व्यवस्थित गराएकामा अघिल्लो वर्ष २ लाख रुपैयाँ राशिको सबभन्दा ठूलो निजामती पुरस्कारसमेत पाएका व्यक्ति हुन् ।
कानुनी व्यवस्थाविपरीत सिन्हा र गौतमले छोरी र पत्नीलाई उत्तीर्ण गराउन प्रश्नपत्रको परिमार्जनमा बसेको र आफैंले उत्तरपुस्तिका जाँची उत्तीर्ण गराएको अनुसन्धानबाट खुलेपछि लोकसेवाले बिहीबार दुवै जनाको पिरÔा रद्द गरेको जानकारी आयोगका अधिकारीले दिए ।
'कानुनको स्पष्ट प्रावधानविपरित छोरी र पत्नीले परीक्षा दिएको अवस्थामा समेत सिन्हा र गौतमले सो पदको उत्तरपुस्तिका परीक्षण गरेको देखिँदा नियतवश नै उत्तरपुस्तिका परीक्षण गरेको भन्ने अर्थ गर्न सकिने अवस्था रहेको र सो पदको परीक्षाको प्रश्नपत्र परिमार्जन कार्यमा समेत निजहरु संलग्न रहेबाट परिस्थितिजन्य प्रमाणबाट समेत उल्लिखित दक्षहरुको नियत सफा रहेको भन्न सकिने अवस्था नहुँदँ उल्लिखित परीक्षार्थीहरुलाई सघाउ पुग्ने ढंगबाट आयोगको निष्पक्षतामा आँच आउने गरी भएको उल्लिखित कार्यका आधारमा निज परीक्षार्थी क्रमशः सिन्हा र ढकालको परीक्षा आयोगको निर्णयबाट रद्द गरिएको छ' लोकसेवा सूचनामा छ ।
लोकसेवाले छोरी र पत्नीलाई उत्तीर्ण गराउन प्रश्नपत्रको परिमार्जनमा संलंग्न रहेको र आफैं उत्तरपुस्तिका जाँची छोरी र पत्नीलाई उत्तीर्ण गराउने सिन्हा र गौतमलाई कारबाही गरी कालो सूचीमा राखेको छ ।
लोकसेवाका सहप्रवक्ता रविलाल पन्तले लोकसेवा कार्य साचालन निर्देशिका २०६७ अनुसार सिन्हा र गौतमलाई कारबाहीस्वरुप लोकसेवाको दक्ष विज्ञ को सूचीबाट उनीहरुको नाम सधैंका लागि नाम हटाइएको जानकारी दिए । ुअब आइन्दा उनीहरुलाई प्रश्नपत्र जाँच्न दिइने छैन । उनीहरुले लोकसेवाका तर्फबाट कहिल्यै पनि दक्ष÷विज्ञको हैसियतमा काम गर्न पाउने छैनन्' पन्तले भने ।

लोकसेवा आयोगको सूचना
आयोगको वि।नं। २५८८-२५९३÷०६८-६९ नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूह
निरीक्षण उपसमूहको विद्यालय निरीक्षक पदका परीक्षार्थी श्री अन्तिमा कुमारी सिन्हा र श्री इन्दीरा
ढकाल गौतम लिखित परीक्षाबाट उत्तीर्ण भएको सन्दर्भमा छानविन गर्दा उत्तीर्ण परीक्षार्थी श्री
अन्तिमा कुमारी सिन्हा र श्री इन्दीरा ढकाल गौतमका आफ्नै नातेदार क्रमशः बाबु श्री रामस्वरुप सिन्हा र पति श्री सूर्यप्रसाद गौतमबाट लोक सेवा आयोग कार्यसाचालन निर्देशिका २०६७ को
अनुसूची १९ को उत्तरपुस्तिका परीक्षण गरी पठाउने अनुरोध पत्रको बुँदा नं। ८ मा ूपरीक्षणकर्ताको कुनै नातेदारले सो परीक्षा दिएको भए सिलबन्दी रुपमा नै उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्नेछ ।ू भन्ने स्पष्ट रुपमा उल्लेख भएको प्रावधान विपरित आफ्नै नजिकका नातेदार क्रमशः छोरी र श्रीमतीले परीक्षा दिएको अवस्थामा समेत सो पदको उत्तरपुस्तिका परीक्षण गरेको देखिदा नियतवस नै उत्तरपुस्तिका परीक्षण गरेको भन्ने अर्थ गर्न सकिने अवस्था रहेको र सो पदको
परीक्षाको प्रश्नपत्र परिमार्जन कार्यमा समेत निजहरु संलग्न रहेबाट परिस्थितिजन्य प्रमाणबाट समेत उल्लेखित दक्षहरुको नियत सफा रहेको भन्न सकिने अवस्था नहुदँ ा उल्लेखित परीक्षार्थीहरुलाई सघाउ पुग्ने ढँगबाट आयोगको निष्पक्षतामा आँच आउने गरी भएको उल्लेखित कार्यका आधारमा निज परीक्षार्थी क्रमशः श्री अन्तिमा कुमारी सिन्हा र श्री इन्दीरा ढकाल गौतमको उक्त परीक्षा रद्द गर्ने भनी लोक सेवा आयोगबाट मिति २०६९÷०६÷२४ मा निर्णय भएकोले उपर्युक्त दुवै परीक्षार्थीहरुको उल्लिखित परीक्षा रद्द गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मितिः- २०६९/६/२४






No comments:

Post a Comment