Friday, October 19, 2012

नयाँ पाँच सचिवलाई क्षेत्रीय प्रशासकको जिम्मेवारी

काठमाडौं, ३ कात्तिक- सरकारले सहसचिवबाट बिहीबार सचिवमा बढुवा भएका एघारमध्ये पाँच जनालाई पाँच विकास क्षेत्रको क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद बैठकले नयाँ सचिवलाई क्षेत्रमा पठाउने परम्पराअनुसार उनीहरुलाई क्षेत्रीय प्रशासकमा पदस्थापन गरेको हो ।
सरकारले सचिवहरु आत्माराम पाण्डेलाई सुदूर पश्चिमााचल, शारदाप्रसाद त्रिताललाई मध्यपश्चिमााचल, सुमन शर्मालाई पश्चिमााचल, उद्धवप्रसाद बाँस्कोटालाई मध्यमााचल र जनार्दन नेपाललाई पूर्वााचलको क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएको छ ।
नयाँ सचिवमध्ये ६ जनाले भने राजधानीमै विभिन्न मन्त्रालय र निकायको सचिवको जिम्मेवारी पाएका छन् । नयाँ सचिवहरु शान्तराज सुवेदीलाई अर्थमन्त्रालय, नारायणगोपाल मलेगोलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शान्तबहादुर श्रेष्ठलाई भूमिसुधार, रणबहादुर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, लक्ष्मण पोखरेललाई उपराष्ट्रपति कार्यालय र नरेन्द्र दाहाललाई महालेखा नियन्त्रक कार्यालयको जिम्मेवारी दिइएको छ ।

No comments:

Post a Comment