Saturday, July 27, 2013

कवि श्रवण मुकारुङ कांग्रेसमा

‘लोकतान्त्रिक विचार र दर्शनबाट प्रभावित भएर कांग्रेस प्रवेश गरेको हु“’
काठमाडौं, ११ साउन– कवि श्रवण्ँ मुकारुङ बिहीबार बिहान कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । पहिला कम्युनिस्ट पार्टीमा लागेका श्रवण लोकतान्त्रिक विचार र दर्शनबाट प्रभावित भएर कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो निवासमा बिहीबार बिहान आयोजित संक्षिप्त कार्यक्रममा श्रवणलाई टिका लगाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टीका नेतासमेत थिए ।
युवा पुस्ताका लोकप्रिय कविमध्येका एक श्रवण्ँ २०४६ सालको आन्दोलनका क्रममा नेकपा मालेमा होमिएका थिए । भोजपुर दिल्पामा जन्मेका ४५ वर्Èीय श्रवणले २०६२÷६३ को आन्दोलनताका लेखेको ‘बिसे नगर्चीको बयान’ शीर्Èक कविता अत्यन्तै चर्चित छ ।
उनले लोकतान्त्रिक विचार, दर्शन तथा वीपीको प्रजातान्त्रिक समाजवादको गहिरो चिन्तन गर्दा सापेक्षिक रूपमा मुलुकका लागि सबभन्दा सान्दर्भिक लागेर आफू कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
मुलुकमा राजतन्त्रको अन्त्य गर्न तथा हत्याहिंसाको राजनीति गरिरहेको माओवादीलाई लोकतान्त्रिक धारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको हुनाले कांग्रेस पार्टीप्रति आफू प्रभावित भएको बताए ।
‘माक्र्सवाद सधैं रहन्छ, तर अब संसारमा कम्युनिस्ट आन्दोलनको सान्दर्भिकता भने समाप्त भइसकेको छ । महान् विचारक मिसेल फू जीवनको उत्तरार्धमा कम्युनिस्ट छाडेर लोकतान्त्रिक विचार अंगालेका थिए’ उनले साहित्यकारका नाताले लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक पार्टीमा मात्र स्वतन्त्रताको बढी उपभोग गर्न पाइने बताए ।
‘काग्रेस लेखकीय स्वतन्त्रताको वकालत गर्ने पार्टी हो । लेखकका लागि कांग्रेस नै ठीक छ’ उनले भने । जातीय पहिचानसहितको संघीयताका लागि खुलेका क्षेत्रीय पार्टीमा नलागी किन कांग्रेस प्रवेश गरेको भन्ने प्रश्नमा उनले भने आफू निश्चित जाति र क्षेत्रको भन्दा राष्ट्रिय चिन्तन गर्ने मान्छे भएकाले क्षेत्रीय पार्टीमा नगएको बताए ।
‘राष्ट्रिय चिन्तन राख्ने मानिस Ôेत्रीय पार्टीमा अटाउन सक्तैन हुन्छ । कुनै एउटा निश्चित जातिका लागि मात्र मैले कविता लेखेको होइन । चारवटा रूखमुनि बाघ बस्न सक्छ ? बाघ बस्न जंगलै चाहिन्छ । श्रवण पनि चारवटा रूखमुनि बस्न सक्छ ?’ उनले भने ।







No comments:

Post a Comment