Monday, July 29, 2013

कांग्रेसद्वारा चुनावी अभियान सुरु

  • राजनीतिक निकासका लागि चुनाव अपरिहार्य ः कांग्रेस नेताहरू
  • छिट्टै संसदीय समिति र घोषणापत्र निर्माण समिति गठन गरिने
  • ‘असन्तुष्टलाई रिझाउने नाउ“मा चुनाव मिति सारिन्न’
काठमाडौं, १२ साउन– कांग्रेसले मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा पार्टीलाई सबभन्दा ठूलो पार्टीका रूपमा विजयी गराउन शनिबारदेखि चुनावी अभियान सुरु गरेको छ । केन्द्रदेखि गाउ“गाउ“सम्म पार्टीको पक्षमा प्रचारप्रसार, घोषणापत्र निर्माणका लागि नीतिगत सुझाव संकलन गर्न तथा मतदान केन्द्रमा सुरक्षित ढंगले मत दिन पाउने वातावरण बनाउन कांग्रेसले शनिबार राजधानीमा ७५ जिल्लाका ३ सयभन्दा बढी अगुवा कार्यकर्तालाई प्रशिक्षण सुरु गरी चुनावी अभियान थालेको हो ।
प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरूले एक स्वरमा मुलुकमा संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान निर्माणका लागि पार्टीले चुनाव जित्नु अपरिहार्य भएकाले पूर्ण एकताका सात चुनावी अभियान चलाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन् ।
उनीहरूले अघिल्लो संविधानसभा चुनावमा लोकतान्त्रिक शक्ति हारेकाले नै संविधान बन्न नसकेको दाबी गर्दै प्रशिक्षण कार्यक्रमस“गै आगामी संविधानसभा चुनावमा पार्टीलाई सबभन्दा ठूलो शक्तिका रूपमा जिताउन देशव्यापी अभियान सुरु भएको घोषणा गरे ।
कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाउन छिट्टै केन्द्रीय समिति बैठक बोलाई निर्वाचन प्रचार प्रसार समिति, घोषणापत्र निर्माण समिति, उम्मेदवार छनौट गर्न संसदीय समिति, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने जानकारी पार्टी नेताले बताएका छन् ।
सभापति सुशील कोइरालाले चुनाव विथोल्ने, विरोध गर्ने षडयन्त्र भए मुलुकमा ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिदै कही“बाट बहिष्कार र बाधाव्यवधान गर्ने कुरा आए आमजनतालाई उतारेर खबरदारी र प्रतिवाद गर्नसमेत कार्यकर्ताहरूलाई आग्रह गरे ।
कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले आगामी चुनावमा केन्द्रदेखि मतदान केन्द्रसम्म पार्टीका सम्पूर्णका कार्यकर्तालाई विचार र नीतिगत प्रशिक्षण दिई प्रचारप्रसारमा अभियानमा संलग्न गराउन, मतदातालाई मतदान केन्द्रसम्म पु¥याई सुरक्षित तबरमा मतदान गर्ने वातावरण तयार पार्न तथा उनीहरूबाट पार्टीको घोषणापत्र निर्माणमा सुझाव लिन केन्द्रमा पहिलो चरणमा अगुवा कार्यकर्ताहरूलाई तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
उनले देशव्यापी चुनावी अभियानस“गै अब सबै जिल्ला, निर्वाचन क्षेत्र, मतदान केन्द्र र गाउ“गाउ“सम्म प्रशिक्षण र प्रचारप्रसार एकसाथ सुरु गरी कार्यकर्तालाई चुनावका लागि सैद्धान्तिक र मनोवैज्ञानिक रूपले तयार गर्ने र आमजनतालाई पार्टीको पक्षमा उभ्याउन प्रशिक्षण कार्यक्रमबाट चुनावी अभियान सुरु गरिएको बताए ।
बडुका अनुसार केन्द्रका अगुवादेखि गाउ“सम्मका कार्यकर्तालाई समसामयिक राजनीतिक सवालमा पार्टीको दृष्टिकोण्ँ, कांग्रेस र अरू दलहµबीचको भिन्नता तथा निर्वाचनको तयारी र नया“ संविधानमा पार्टीले अघि सार्ने एजेन्डा र अडानबारे प्रशिÔण्ँ दिइनेछ ।
कांग्रेस नेताहरूले राष्ट्रियतालाई बलियो बनाउ“दै मुलुकमा दिगो शान्ति निर्माण गरी विकास अभियान सुरु गर्न तथा आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न चुनाव अपरिहार्य रहेको भन्दै चुनावलाई कही“ कतैबाट बाधा विरोध आउन नहुने र आएमा प्रतिवाद गरिने बताएका छन् । उनीहरूले जोसुकैले विरोध गरे पनि ११ बु“दे सहमति र २४ बु“दे बाधा अड्काउन फुकाउ आदेशका आधारमा नै मंसिर ४ मा चुनाव सम्पन्न गरिने बताए ।
कोइरालाले निर्वाचन बहिष्कार गर्छु भन्नेहरूलाई आजनताले नै बहिष्कारसहितको खबरदारी गर्ने उल्लेख गर्दै जनताको चाहना, मित्रराष्ट्रहरूको सदभावअनुरूप राष्ट्रिय संकटको निकास खोज्न निर्वाचन अपरिहार्य भएकाले संविधानसभा चुनावको तिथि कुनै पनि हालतमा यताउता गर्न नहुने बताए ।
उपसभापति रामचन्द्र पौडेलले मुलुकमा अहिले चुनाव भएन भने राष्ट्रियता कमजोर हुन्छ भन्दै नेकपा–माओवादीका वैद्यले विरोध गरे पनि डाक्टरले विरोध गरे पनि चुनाव गराउरै छाड्नुपर्ने बताए ।
‘देशमा भइरहेको ब्रह्मलुट, अराजकता र दुर्दशाको अन्त गरी सुशासन कायम गर्न तथा लोकतन्त्रलाई सुदृढ गर्न र राष्ट्रलाई विकासको बाटोमा अघि बढाउन चुनाव अवश्यंंभावी छ’ पौडेलले भने ।
महामन्त्री प्रकाशमान सिंहले  राष्ट्रियता र लोकतन्त्र कमजोर हुन नदिन चुनाव गर्नु अपरिहार्य भएको उल्लेख गर्दै संघीयता, समावेशिता र गणतन्त्र संस्थागत गर्न मंसिर ४ मा निर्वाचन गराउनै पर्ने बताए । अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले असन्तुष्ट दलहरूसित वार्ताका नाममा कांग्रेस मंसिर ४ मा घोषित चुनाव पछि सार्ने पक्षमा नरहेको बताए । उनले उग्रवामपन्थी र उग्रदक्षिणपन्थिबाट राष्ट्रियतामाथि प्रहार भएकाले जनताको मनबाटै आएको राष्ट्रियताको भावनालाई बलियो बनाउन पनि निर्वाचनमा जानुपर्ने बताए ।
कोषाध्यक्ष चित्रलेखा यादवले कांग्रेसभित्र नेताको वरिपरि घुम्ने र मुख हेर्ने प्रवृत्ति त्यागेर रूख (पार्टीको चुनाव चिह्न) हेर्ने प्रवृत्तिले प्रोत्साहन पाउने हो भने आगामी निर्वाचनमा कांग्रेसलाई हराउने कसैको पनि सामथ्र्य नभएको दाबी गरिन् ।

      

No comments:

Post a Comment