Thursday, July 25, 2013

पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १० साउन– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई स्वास्थ्यमा सुधार आएपछि बिहीबार डिस्चार्ज गरिएको छ ।
पायल्सले गर्दा पीडा भएपछि पौडेल सोमबार अस्पताल भर्ना भएका थिए ।डा. रमेशसिंह भण्डारीको नेतत्वमा रहेको चिकित्सकको टोलीले मंगलबार उनको पायल्सको सफल शल्यक्रिया गरेको थियो ।
शल्यक्रियापछि अस्पतालमा पोस्टअपरेटिभ वार्ड राखिएका पौडेललाई स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी चिकित्सकलाई उद्धृत गर्दै उनका सहयोगी चिरञ्जीवी अधिकारीले दिए । उनी बिहीबार बालाजु बोहोरोटार निवासमा फर्किएका छन् ।
पौडेल अस्पताल भर्ना भएपछि मन्त्रिपरिषदका अध्यक्ष खीलराज रेग्मी, कांग्रेस सभापति सुशील कोइराला तथा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालगायत विभिन्न दलका नेता कार्यकर्ता र शुभेच्छुकले अस्पताल पुगेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका थिए ।

No comments:

Post a Comment