Thursday, July 25, 2013

ऊर्जाद्वारा गेजुवालाई काम सुचारु गर्न निर्देशन

काठमाडौं, ९ साउन– ऊर्जा मन्त्रालयले माथिल्लो त्रिशूली ३ ए को चिनिया“ ठेकेदार कम्पनी गेजुवालाई आयोजनाको निर्माण कार्य रोकेकामा आपत्ति प्रकट गर्दै तत्काल काम सुचारु गर्न निर्देशन दिएको छ ।
नेपालस्थित चिनिया“ दुतावासका इकोनोमिक काउन्सिलर पाई तोङमिङ, सिनो हाइड्रो र ठेकेदार कम्पनी गेजुवाका प्रतिनिधिले मंगलबार ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितसहितका अधिकारीहरूसित सिंहदरबारमा भेटवार्ता गर्दा त्यस्तो निर्देशन दिइएको जानकारी स्रोतले दिएका छन् ।
ऊर्जाका अधिकारीहरूले आयोजनास्थलमा सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गर्दै काम थाल्न निर्देशन दिएका हुन् । तर, ऊर्जा मन्त्रालयका अधिकारीसित ठेकेदार कम्पनीका प्रतिनिधिले भने आफ्ना कारणले नभई स्थानीयबासीको अवरोधले गर्दा काम रोकिएको दाबी गरेको थियो ।
‘आयोजनास्थलमा काम गर्न सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिन्छ, स्थानीयबासीलाई कुनै अवरोध गर्न दिंदैन । त्यसमा ढुक्क भएर काम अघि बढाउनोस्’ ऊर्जा मन्त्रालयका अधिकारीले ठेकेदार कम्पनीलाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भने ।
ऊर्जा मन्त्रालयका अधिकारीले इकोनोमिक काउन्सिलरलाई गेजुवाले क्षमता बढाउने नाउ“मा माथिल्लो त्रिशूली ३ ए मा बखेडा गरिरहेको जानकारी गराउ“दै आयोजना निर्माणमा लागि आफ्नातर्फबाट आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । उक्त आयोजना चिनिया“ एक्जिम बैंकको सहयोगमा निर्माणाधीन आयोजना हो भने ठेकेदार चिनिया“ सरकारी कम्पनी हो ।
माथिल्लो त्रिशूली ३ ए को क्षमता ६० बाट ९० मेगावाट पु¥याउने प्रयास असफल भएपछि ठेकेदार कम्पनी र त्यसका एजेन्टले स्थानीयबासीलाई आफैं उक्साएर विरोधमा उतारी दुई महिनादेखि काम बन्द गरेको र त्यसभित्र क्षमता बढाउने भित्री नियत रहेको स्रोतले उल्लेख गरेको छ ।
भेटवार्ताका क्रममा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ए निर्माण सुरु गर्न लागेको सिनो हाइड्रोका प्रतिनिधिले आयोजनास्थलमा स्थानीयबासीको अवरोध रहेको र नेपालमा लगानीका लागि वातावरण नरहेको गुनासो गरेको थियो ।
सिनो हाइड्रोका प्रतिनिधिले नदीले केही समयअघि मान्छे बगाइदिएपछि स्थानीबासीले आफूहरूसित पुल बनाउन माग गर्दै आयोजनास्थलमा रहेका आफ्ना इस्काभेटरलगायतका उपकरण जलाइदिएको उल्लेख गर्दै आवश्यक सुरक्षा दिएर लगानीको वातावरण बनाउन मागसमेत गरेका थिए ।
प्रत्युत्तरमा ऊर्जा मन्त्रालयका अधिकारीले आवश्यकताअनुसार नेपाली सेना या सशस्त्र प्रहरी परिचालन गरेर भने पनि आयोजनास्थलमा सुरक्षा दिइने र लगानीको वातावरण बनाउने वचन दिएका थिए ।


No comments:

Post a Comment