Tuesday, July 23, 2013

नेविसंघको महाधिवेशन भदौ २९–३१ मा

काठमाडौं, ८ साउन– कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो एघारौं महाधिवेशन भदौं २९ देखि ३१ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तिथि सार्वजनिक गरेको हो ।
संघले क्याम्पस इकाइ, क्षेत्रीय र जिल्ला अधिवेशनसहित महाधिवेशनसम्मको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार भदौं १४ सम्म सबै क्याम्पस तथा जिल्ला अधिवेशन सम्पन्न गरेर महाधिवेशन प्रतिनिधि छनौट गरिसक्ने कार्यक्रम नेविसंघको छ ।
महाधिवेशनलाई मर्यादित बनाउन विभिन्न क्याम्पस र जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको आचारसंहिता समेत बनाइएको संघका प्रवक्त यूपी लामिछानेले जानकारी दिए । आचारसंहितामा संघको विधानबाहिर गएर निणर््ँय गर्ने प्रतिनिधिको निणर््ँय वदर हुनुका साथै उसलाई ६ महिनासम्म निलम्बन र महाधिवेशनमा सहभागिता नगराउनेसम्मका कारबाही गर्ने व्यवस्था गरिएको छ । संघले संगठनको नाममा आर्थिक अनियमिमता गर्ने केही सदस्यलाई ३ महिनादेखि ६ महिनासम्म निलम्बन गरेको छ ।

No comments:

Post a Comment