Tuesday, July 23, 2013

अर्थमा दुई महानिर्देशकसहित ९ सहसचिव सरुवा

काठमाडौं, ८ साउन– अर्थमन्त्रालयले दुई महानिर्देशकसहित ९ जना सहसचिवलाई सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयसित सहमति लिएर अर्थमन्त्रीस्तरीय निर्णयबाट आइतबार सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सूर्य आचार्यलाई भन्सार विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार महालेखा नियन्त्रक कार्यालयका सहसचिव अर्जुन पाखरेललाई सम्पत्ति शुद्धीकरण विभागको नायव महानिर्देशकमा सरुवा गरिएको छ । सम्पत्ति शुद्धकिरण विभागमा महानिर्देशकमा भने कसैलाई सरुवा गरिएको छैन ।
भन्सार विभागका महानिर्देशक मुक्तिनारायण पौडेललाई महालेखा नियन्त्रक कार्यालयको सहसचिवमा, मन्त्रालयका सहसचिवद्वय ढुण्डिराज पोखरेल र गंगाराम गेलाललाई काठमाडौं १ न.. र ३ नं. राजस्व कार्यालय प्रमुखमा सरुवा गरिएको छ ।
१ नं. र ३ नं. राजस्व कार्यालय प्रमुख क्रमशः गणेश पाण्डे र राजेन्द्र शर्मालाई आन्तरिक राजस्व विभागको नायव महानिर्देशकमा सरुवा गरिएको छ । आन्तरिक राजस्व विभागका नायव महानिर्देशक रामप्रसाद पुडासैनीलाई मन्त्रालयको अनुगमन महाशाखामा सरुवा गरिएको छ । काजमा रहेका नवराज भण्डारीलाई अर्थमन्त्रालयमै सरुवा गरिएको छ ।
विद्युत विकास विभागमा सिंह
काठमाडौं (कास)– ऊर्जा मन्त्रालयले जल तथा ऊर्जा आयोगका सहसचिव डिल्लीबहादुर सिंहलाई विद्युत् विकास विभागको महानिर्देशकमा सरुवा गरेको छ । ऊर्जामन्त्रीस्तरीय निर्णयबाट आइतबार विद्युत विकास विभागका महानिर्देशक अनुपकुमार उपाध्यायलाई छ महिनामै मन्त्रालयको योजना तथा कार्यक्रम महाशाखा प्रमुखमा सरुवा गरी उक्त ठाउ“मा सिंहलाई लगिएको हो । सिंह यसअघि पनि विभागको महानिर्देशक थिए ।

No comments:

Post a Comment