Wednesday, July 10, 2013

मेलम्चीका दुवै ठेकेदारद्वारा विदेशी लगानीका नेपाली बैंकमा जमानत

काठमाडौं, २६ असार– मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग र पानी प्रशोधन संरचना निर्माणका लागि छनौट भएका दुई अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीले परफरमेन्स बन्ड (काउन्टर जमानत( आफ्नो मुलुकको बैंकको लगानी रहेका या बैंकिङ सम्बन्ध भएका नेपाली बैंकमा राख्ने भएका छन् ।
चिनिया“ ठेकेदारसितको ठेक्का रद्द भएको एक वर्षसम्म उसले काउन्टर जमानत र एड्भान्सको बैंक ग्यारेन्टीबापत राखेको रकम दुई नेपाली बैंकबाट पाउन नसकेको मेलम्ची आयोजनाकै आग्रहमा ती दुई कम्पनीले परफरमेन्स राख्ने दोस्रो विकल्प रोजेको जानकारी स्रोतले दिएका छन् ।
मेलम्चीबाट साढे २७ किलोमिटर सुरुङ निर्माण गरी दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा बनाइने केन्द्रको ठेक्का पाएको अस्ट्रियाको भीएटेक डब्लुएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले भारतीय लगानी रहेको नेपालकै एसबीआई बैंकमा परफरमेन्स बन्ड राखेको छ ।
सुरुङ मार्गको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले पनि स्टान्डर्ड चार्टर्ड बैंक या आफ्नो मुलुकको बैंकसित बैंकिङ सम्बन्ध भएको नेपाली बैंकमा परफरमेन्स बन्ड राख्ने भएको छ । बेलायतमा मुख्यालय रहेको स्टान्डर्ड चार्टर्ड बैंकको इटालीमा समेत शाखा छ ।
सुरुङ मार्ग निर्माणको यसअघिको ठेकेदार चिनिया“ कम्पनीले दुई नेपाली बैंकमा राखेको काउन्टर तथा एड्भान्स जमानतबापतको डेढ अर्ब रुपैया“ ठेक्का तोडिएपछि नपाएका कारण मेलम्ची आयोजनाकै आग्रहमा ती दुई ठेकेदारले नेपालीको मात्र स्वामित्व रहेका या आफ्नो देशको बैंकसित सम्बन्ध नभएका नेपाली बैंकका सट्टा अर्को विकल्प रोजेको जानकारी सहरी विकास मन्त्रालयका अधिकारीले दिए । त्यसो गर्दा ठेकेदारलाई समेत सजिलो हुने आयोजनाका अधिकारी बताउ“छन् ।
मेलम्ची खानेपानी विकास समितिले दुई नेपाली बैंकबाट ठेक्का रद्द भई जरिवानामा परेको चिनिया“ ठेकेदार कम्पनीले राखेको परफरमेन्स बन्ड तथा एड्भान्स जमानतबापतको करिब डेढ अर्ब रुपैया“ एक वर्षदेखि पाउन सकेको छैन । उसले ती बैंकबाट उक्त रकम आफूलाई दिलाइदिन राष्ट्रबैंकलाई डेढ महिनाअघि आग्रह गरे पनि अहिलेसम्म भुक्तानी पाएको छैन ।
जफत गरिएको ठेकेदारको बैंक ग्यारेन्टीबापतको रकम बैंक अफ काठमाडौंमा ७६ करोड २० लाख र हिमालयन बैंकमा ५९ करोड ४० रुपैया“ छ । जमानत बसेको चिनिया“ बैंकले रकम नदिएको भन्दै ती दुई बैंकले  जमानत रकम बुझाउन आलटाल गर्दै आएका छन् ।
पानी प्रशोधन केन्द्रको ठेक्का पाएको अस्ट्रियाको भीएटेक डब्लुएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले कुल ठेक्का रकमको १० प्रतिशत अर्थात् ४२ करोड रुपैया“को काउन्टर बैंक जमानत भारतीय लगानी रहेको एसबीआई बैंकमा राखेको छ ।
उक्त कम्पनीले ४ अर्ब २० करोड रुपैया“मा जापानी स्टान्डर्डको पानी प्रशोधन संरचना निर्माण गर्ने ठेक्का पाएको छ । मेलम्ची आयोजना र उक्त कम्पनीबीच बुधबार बिहान पानी प्रशोधन संरचना निर्माणको ठेक्का सम्झौता हु“दैछ ।
७ अर्ब ७१ करोड रुपैया“मा मेलम्ची खोलामा इन्टेक (बा“ध) बा“धी खन्न बा“की २१ किलोमिटर सुरुङ निर्माण गरी सुन्दरीजलसम्म पानी ल्याउने ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले पनि स्टान्डर्ड चार्टर्ड बैंक या आफ्नो मुलुकको बैंकसित बैंकिङ सम्बन्ध भएको नेपाली बैंकमा ७७ करोड रुपैया“ परफरमेन्स बन्ड राख्ने भएको छ ।
आयोजनाले दुवै ठेकेदार कम्पनीसित एकै दिन ठेक्का सम्झौता राख्ने तयारी गरे पनि परफरमेन्स बन्ड राख्ने विश्वासिलो र आयोजनाले समेत पत्याउने बैंक खोज्न समय लागेकाले सुरुङ निर्माण ठेक्का बुधबार हुन नसक्ने भएको छ ।
सुरुङ निर्माणको ठेक्का सम्झौता असार मसान्तसम्म गर्ने तयारी भइरहेको जानकारी आयोजनाका अधिकारीले दिए । आयोजनाले पानी प्रशोधन संरचना निर्माणको ठेक्का सम्झौता बुधबार भए पनि उसलाई तिहारपछिमात्र काम सुरु गर्न समयसीमा दिने भएको छ । ठेक्का सम्झौतामा काम सुरु गरेको २७ महिनामा पानी प्रशोधन संरचना निर्माण सम्पन्न गर्ने शर्त राखिने जानकारी आयोजनाका अधिकारीले दिए ।
सुरुङ तथा पानी प्रशोधन संरचनाको निर्माण एकैचोटि सम्पन्न गर्न अस्ट्रिया र भारतको ज्वोइन्टर भेन्चर कम्पनीलाई काम सुरु गर्ने समय तिहारपछि पु¥याउन लागिएको हो । इटालियन कम्पनीसित ढिलोमा ३६ महिनामा काम सम्पन्न गर्नुपर्ने शर्तमा ठेक्का सम्झौता हु“दैछ । इटालियन कम्पनीले साउन मसान्तसम्ममा काम सुरु गर्नेछ भने उसलाई ३० महिनामा काम सम्पन्न गर्न कुल ठेक्का रकमको बढीमा १० प्रतिशत अर्थात् ७७ करोड रुपैया“ बोनस दिइने भएको छ । पानी प्रशोधन संरचनाको काम तीन महिना ढिलो सुरु हुने भएकाले दुवैले अबको ३१ महिना अर्थात् सन् २०७३ फागुनसम्ममा काम सम्पन्न गरी मेलम्चीको पानी राजधानीमा आइपुग्ने विश्वास आयोजनाको अधिकारीहरूको छ ।
















No comments:

Post a Comment