Friday, May 3, 2019

बालुवाटार जग्गा प्रकरणमा कसैलाई नजोगाइयोस् : निधि

काठमाडौं, १९ वैसाख– कांग्रेस उपसभापति बिमलेन्द्र निधिले कुनै पनि बहाना बनाएर बालुवाटारको अतिक्रमित सरकारी जग्गा किन्नेलाई नजोगाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेसन सेन्टर (जेटीयूसीसी) द्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकार बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउनेलाई जोगाउन लागिपरेको आरोप लगाए । निधिले प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको सरकारी आवासभित्र र वरपरको जग्गा कब्जा गर्ने जोकोही भए पनि कारबाही दायरामा ल्याउन आग्रह गरे ।
‘ललिता निवास (बालुवाटारको जग्गा) काण्डमा दोषीलाई जोगाउने खेल भइरहेको छ’, उनले भने, ‘झारा टार्ने काम नहोस्, जोसुकै संलग्न भए पनि वा जसले भ्रष्टाचार गरे पनि कारबाही होस् ।’ बालुवाटारको अतिक्रमति सरकारी जग्गामध्येबाट नेकपाका महासचिव विष्णु पौडेलले ८ आना जग्गा छोरा नवीनका नाममा खरिद गरेका छन् । निधिले प्रधानमन्त्री ओली आफैं महासचिव पौडेललाई जोगाउन लागिपरेको आरोप लगाए । 

No comments:

Post a Comment