Wednesday, May 22, 2019

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्रका जवान घूससहित पक्राउ
काठमाडौं, ७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, इलामका युवा स्वरोजगार कार्यक्रम स्वयंसेवक भानुभक्त आचार्य र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विनोदबाबु बीसीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आचार्य र बीसीले हराएको पासपोर्टको प्रतिलिपि निकाल्न सेवाग्राहीस“ग ६ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले नेपालगन्ज भन्सार कार्यालयका दुई अधिकृत र नासुसहित १० जनाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । उनीहरूविरुद्ध जनही २० लाख २४ हजार १ सय ४१ रुपैया“ बिगो भराई प्रचलित ऐनबमोजिम सजाय गर्न मागदाबी गरिएको छ । अख्तियारले आइतबार भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीलगायत विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । उनीहरूले २०७५ जेठ २४ मा भन्सार एजेन्ट दिनेशकुमार बानिया“स“ग मिलेर झूटो प्रज्ञापनपत्र बनाई भन्सार छली गरेको अख्तियारले जनाएको छ । ‘ना ६ ख ५८५९’ र ‘ना ७ ख १७’ नम्बरका ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी मालबस्तु ल्याइएको र घिउ प्रज्ञापनपत्रमा उल्लेख नभएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूले खराब मनसायले सामान धनीस“गको मिलेमतोमा भन्सार महसुल चुहावट गरेको अख्तियारले जनाएको छ ।
भन्सार एजेन्ट संकेत नम्बर ३५ का दिनेशकुमार बानिया“, वनबोरी माता ट्रेडर्सका सञ्चालक रवीन्द्र गुप्ता र वनबोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ताविरुद्ध समेत अख्तियारले कारबाही र बिगो भराइको माग गरेको छ । हिमालयन कार्गोकी सञ्चालिका मधुकुमारी चौधरी र सोही कम्पनीका लागि काम गर्ने विनोदकुमार गुप्ता र राहुलकुमार गुप्ताले प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार गैरकानुनी कार्य गरेकाले उनीहरूलाई समेत कारबाही गर्न माग गरिएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको अभियोगमा अख्तियारले दुई शिक्षकविरुद्ध पनि मुद्दा दायर गरेको छ । दशरथ माध्यमिक विद्यालय, साडेपानी, कैलालीका शिक्षक मधुदेवी जोशी र श्री प्राथमिक विद्यालय, फतुहा महेशपुर ५, रौतहटकी शिक्षक आरतीकुमारी मल्लिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
सशस्त्रका जवान रंगेहात पक्राउ
बुटवलमा सशस्त्र प्रहरीका जवान सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका छन् । सशस्त्र प्रहरीका घुमुवा जवान भेषेन्द्र केसीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैया“सहित दीपनगरमा आइतबार सा“झ ६ बजे पक्राउ परेका हुन् । भन्सारमा सामान छुटाइदिने भन्दै सेवाग्राहीस“ग उनले रकम लिएको अख्तियारले जनाएको छ ।



No comments:

Post a Comment