Monday, May 27, 2019

भ्रष्टाचार अभियोगमा कर्णेल बर्खास्त

काठमाडौं, ११ जेठ– नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) केशवराज कार्की भ्रष्टाचार अभियोगमा बर्खास्त भएका छन् ।
कालीसिद्धि गण उदयपुरका प्रमुख कार्कीले सवा ४९ लाख रुपैया“ सरकारी रकम भ्रष्टाचार गरेको ठहर गर्दै समरी जनरल सैनिक अदालतले शुक्रबार पदबाट बर्खास्त गरी जेल चलान गरेको हो । अदालतले कार्कीलाई ३ महिनाको कैद सजाय, सवा ४९ लाख रुपैया“ बिगो र त्यसबराबर रकम जरिवाना गर्ने फैसला गरेको छ ।
कार्कीले आफूले नेतृत्व गरेको गणलाई चुरे संरक्षण गर्न प्राप्त ८० लाखमध्ये १ लाख ६७ हजार रुपैया“ र गणको आन्तरिक स्रोतको ४७ लाख रुपैया“भन्दा बढी अनियमितता गरेको अदालतले ठहर गरेको छ । स्रोतका अनुसार आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथ देवल) चलान गरिएको छ ।
गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि सहायक रथी हिमांशु खडकाको अध्यक्षतामा रहेको अदालतले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहित जरिवानाको फैसला गरेको जानकारी सैनिक स्रोतले दिएको छ । कार्कीले चुरे संरक्षण कार्यक्रम र गणको आन्तरिक आम्दानीबाट कुल ४९ लाख २९ हजार ८ सय २९ रुपैया“ भ्रष्टाचार गरेको अदालतको ठहर छ ।
सैनिक अदालतले कार्कीलाई फैसलामा चित्त नबुझे कानुनबमोजिम ३५ दिनभित्र सैनिक विशेष अदालतमा पुनरावेदन गर्न जाने मौकासमेत दिएको छ । सैनिक ऐन २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझेमा सैनिक विशेष अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान छ ।
न्याय परिषदको सिफारिसमा उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव र सेनाको कानुन विभाग (प्राड विवाक) प्रमुख सदस्य रहेको अदालतले पुनरावेदनमाथि सुनुवाइ गर्ने प्रावधान छ । अदालतमा आरोपितका पक्षमा बहस गर्न गैरसैनिक वकिलहरू उपस्थित हुन सक्छन् । सेनाको जनरल, समरीलगायतका अदालतमा सैनिक वकिलहरूले पीडितको पक्षमा बहस गर्ने प्रचलन छ ।
विशेष अदालतले तल्लो अदालतको फैसला उल्ट्याएमा कार्की सेवामा प्रवेश पाउने छन् । तर, समरी जनरल सैनिक अदालतले मातहत निकायको स्थलगत छानबिन र प्रमाणसहित फैसला गरेकाले विशेष अदालतबाट निर्णय उल्टिने सम्भावना अत्यन्त कम छ ।
जंगी अड्डा स्रोतका अनुसार कार्कीले कालीसिद्धि गणमा रह“दा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र गणको रकम अनियमितता गरेको भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो । उजुरीपछि प्रधानसेनापति प्रदीपचन्द्र थापाबाट गठित ‘कोर्ट अफ इन्क्वाइरी’ ले प्रमुख सेनानी कार्कीको आर्थिक मामिलामा कैफियत देखाउ“दै ‘कोर्ट मार्सल’ अर्थात् समरी जनरल सैनिक अदालत गठन गर्न सिफारिस गरेको थियो । सिफारिसका आधारमा गत वैशाख २३ मा सहायक रथी खडकाको अध्यक्षतामा अदालत गठन भएको थियो ।
अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानबिनपछि सेनापति थापालाई आफ्नो निष्कर्षबारे जानकारी गराएको थियो । थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाएर कार्कीलाई दोषी करार गरिएको हो । कार्कीले सुनुवाइकै क्रममा चुरे संरक्षण कार्यक्रमको आफूले हिनामिना गरेको १ लाख ६७ हजार रुपैया“ फिर्ता गरिसकेको जानकारी सैनिक स्रोतले दिएको छ ।
सेनाका माथिल्ला अधिकृत जोडिएका भ्रष्टाचार काण्ड
तत्कालीन प्रधानसेनापति गडुलशमशेर राणाका पालामा सेनाभित्र भ्रष्टाचार काण्डमा सबभन्दा माथिल्लो अधिकारी कारबाहीमा परी बर्खास्त भएका थिए । उनका पालामा सम्भार रथी मेजर जनरल योगन्द्रप्रताप राणा जंगी अड्डाका लागि सामान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सैनिक विशेष अदालतबाट बर्खास्त भएका थिए । फैसलाअनुसार उनी ६ महिना जेल पर्नुका साथै भ्रष्टाचार गरेको रकम र त्यसबराबरको जरिवाना तिरेका थिए ।
तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङका पालामा लेफटिनेन्ट कर्णेल रामजी थापा भ्रष्टाचारकै आरोपमा बर्खास्तीमा परेका थिए । रक्त चन्दन तस्करीमा संलग्न भएको आरोपमा सैनिक अदालतबाट थापा बर्खास्तीमा पर्नुका साथै तीन महिना जेल परेका थिए । थापा भ्रष्टाचार गरेको बिगो जरिवाना रकमसमेत तिर्न बाध्य भएका थिए ।
वर्तमान प्रधानसेनापति प्रदीपचन्द्र थापाका पालामा तीन जना मेजर एकैचोटि भ्रष्टाचार काण्डमा बर्खास्तीमा परेका थिए । २०७३ र ०७४ सालको सैन्य भर्नाका क्रममा घूस लिई सैनिक भर्ती गरेको अभियोग प्रमाणित भएपछि सैनिक अदालतबाट मेजरत्रय कृष्णप्रसाद सापकोटा, राजेश थापा र प्रकाशचन्द्र खत्री बर्खास्तीमा पर्नुका साथै उनीहरूलाई भ्रष्टाचार रकम र त्यसबराबरको जरिवाना रकम तिराइएको थियो । उक्त सैन्य भर्ना प्रकरणमा सैनिक अदालतबाट तीन मेजरसहित १ सय ८७ जना कारबाहीमा परेका थिए ।
सेनामा ‘शून्य सहनशीलता’
प्रधानसेनापतिमा थापा नियुक्त भएस“गै उनले संगठनभित्र हुन सक्ने भ्रष्टाचार र आर्थिक अनियमिततालाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अख्तियार गरेको दाबी जंगी अड्डाले गरेको छ ।
थापाले बजेट विनियोजनलाई पारदर्शी बनाउ“दै आवश्यकता र प्राथमिकतामा आधारित बजेट विनियोजन गर्न र प्रभावकारी कार्यान्वयनका लागि बजेट आचारसंहिता २०७५ र बजेटसम्बन्धी आन्तरिक निर्देशिकासमेत लागू गराएका छन् । थापाले वैशाख पहिलो साता मात्र सैनिक अधिकारीलाई जिम्मेवार बनाउन सैनिक आचारसंहिता संग्रह जारी गरेको जंगी अड्डाले जनाएको छ ।
माथिल्ला अधिकृत जोडिएका काण्ड
– सम्भार रथी मेजर जनरल योगन्द्रप्रताप राणा– गडुलशमशेर राणा सेनापति हु“दा जंगी अड्डाका लागि सामान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सैनिक विशेष अदालतबाट बर्खास्त । ६ महिना जेल, बिगो रकम र त्यसबराबरको जरिवाना ।
लेफटिनेन्ट कर्णेल रामजी थापा–  छत्रमानसिंह गुरुङ सेनापति ह“ुदा रक्त चन्दन तस्करी अभियोगमा सैनिक अदालतबाट बर्खास्त । तीन महिना जेल, बिगो र जरिवाना ।
मेजरत्रय कृष्णप्रसाद सापकोटा, राजेश थापा र प्रकाशचन्द्र खत्री– वर्तमान सेनापति प्रदीपचन्द्र थापाकै पालामा २०७३ र ०७४ सालको सैन्य भर्नामा घूस लिई सैनिक भर्ती गरेको अभियोगमा बर्खास्त । तीन महिना कैद, भ्रष्टाचार रकम र त्यसबराबरको जरिवाना ।

No comments:

Post a Comment