Tuesday, May 7, 2019

तीन जनाविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, २२ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले घुस रकमसहित पक्राउ परेका चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई र महानगरीय दंगा नियन्त्रण प्रहरी गणका प्रहरी जवान गणेश लोहारविरुद्ध मुद्दा दायर गरेको हो । भट्टराई २० हजार र लोहार १७ हजार रुपैया“ घुस रकमसहित पक्राउ परेका थिए ।
अख्तियारले नक्कली प्रमाणपत्रधारी पोखरा महानगरपालिकास्थित श्रीकाहु“ आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक अम्बिका गौतमविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका टाइपिस्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई सोमबार नै घुस रकमसहित पक्राउ गरेको छ । उच्च अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा पाठकले सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएका थिए ।



No comments:

Post a Comment