Friday, May 24, 2019

न्यायाधीश घूस प्रकरणमा न्यायिक प्रक्रिया अघि बढाउन आदेश

काठमाडौं, ८ जेठ– सर्वोच्च अदालतले उच्च अदालतका नवनियुक्त न्यायाधीश लेखनाथ ढकालको घूस प्रकरणसम्बन्धी रिट दर्ता गरी न्यायिक प्रक्रिया अघि बढाउन बुधबार आदेश दिएको छ । सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले ढकालविरुद्धको रिट दर्ता गरी त्यस सम्बन्धमा बेन्चबाट न्यायिक प्रक्रियामार्फत निरूपण गर्न आदेश दिएको हो ।
काभ्रेपलाञ्चोकका उमेश बानिया“ले आफूस“ग १८ लाख रुपैया“ घूस लिएको दाबी गरेर न्यायाधीश ढकालमाथि कारबाही गर्न माग गर्दै न्याय परिषद्मा उजुरी दिनुका साथै सर्र्वोच्चमा रिट दिएका थिए । तर, सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरेको थियो । बानिया“ले दरपीठविरुद्ध पुनः सर्वोच्चमा निवेदन दिएका थिए ।
न्यायाधीश मल्लको इजलासले भने न्यायपरिषदको निर्णयविरुद्ध रिट परिसकेपछि इजलासले निरूपण गर्नुपर्ने आदेश दिएकी छन् । ‘निवेदकले उठाएको रिट निवेदन दर्ता नगरी दरपीठ गरेको विषयको प्रकृति हेर्दा न्यायिक प्रक्रियाबाट बेन्चबाटै निरूपण गर्नुपर्ने विषय देखिएकाले रजिस्ट्रारबाट गरिएको दरपीठ आदेश बदर गरिएको छ,’ मल्लको इजलासको आदेशमा भनिएको छ ।
बानिया“ले कारबाही गर्न माग गर्दै दिएको रिट सर्वोच्चले तामेलीमा राख्ने निर्णय गरेको २ महिनापछि ढकाल चैत १९ मा न्याय परिषदको सिफारिसमा काभ्रे जिल्ला अदालतका न्यायाधीशबाट बढुवा भई उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।
बानिया“ले आफूले दिएको उजुरी तामेलीमा राख्ने र ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले काभ्रेको जिल्ला अदालतमा न्यायाधीश हु“दा ढकालले पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्ने मुद्दा हेर्दा परिबन्धमा पारी आफूसित १८ लाख घूस लिएको भन्दै न्यायपरिषद्मा उजुरी दिएका थिए । कालोबजारीसम्बन्धी मुद्दामा पहिले थुनामा पठाएर पछि घूस मागेको जिकिर बानिया“ले गरेका छन् । उजुरीमाथि छानबिन गरेर कारबाही गर्नुपर्नेमा न्यायपरिषद्ले ढकाललाई उच्च अदालतको न्यायाधीश बनाएको भन्दै बानिया“ सर्वोच्चमा रिट लिएर गएका हुन् ।
सर्वोच्च प्रशासनले भने न्यायपरिषद्ले ढकालविरुद्धको उजुरी छानबिन गरी गत माघ महिनामै कानुनबमोजिम तामेलीमा राखेको जनाएको छ ।

No comments:

Post a Comment