Friday, May 10, 2019

तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिकता प्रमाणपत्र बनाउन सहज पारिदिने भन्दै ४ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, कलैया बाराका खरिदार रामजीप्रसाद साह र बिचौलिया खड्गभक्त शर्मा खरेलविरुद्ध समेत बिहीबार मुद्दा दायर गरेको छ । सोही कार्यालयमा विचाराधीन मोहीसम्बन्धी मुद्दामा जग्गाको मोही कट्टा गरिदिन्छु भनी सेवाग्राहीसँग २३ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् ।


No comments:

Post a Comment