Wednesday, May 29, 2019

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

९२ रोपनी सरकारी जग्गा निजी कम्पनीका नाममा दर्ता गरेको अभियोग
काठमाडौं, १२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोटने खोला र चिसापानी वन उपभोक्ता समूहले उपभोग गरिरहेको ९२ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा स्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएकाले मालपोत कार्यालय कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
२ करोड २१ लाख १० हजार रुपैया“भन्दा बढीको सरकारी जग्गा गैरकानुनी रूपमा भूमाफियाका नाममा दर्ता गरी अनियमितता गरेको भन्दै रिमाल, नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक सुयल थापा, दीपेन्द्रविक्रम शाह, अधिवक्ताद्वय बाबुराम रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध अख्तियारले मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा उनीहरूलाई बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरिएको छ ।अख्तियारले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का नापी सर्भेक्षक छत्रबहादुर ठकुल्लाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठकुल्लाले जग्गाको क्षेत्रफल बढाइदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।





No comments:

Post a Comment