Wednesday, May 1, 2019

पौडेलको बचाउमा प्रधानमन्त्री ओली

पौडेलले राजाको शासनका बेला जग्गा किन्नुभएको हो, हडप्नु भएको होइन, उहाँले पदीय दुरुपयोग गर्नुभएको छैन : ओली
काठमाडौं, १७ वैशाख– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा पार्टी महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडपेको दाबी गरेका छन् । संघीय संसद् भवनमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो नेकपाविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै महासचिव पौडेलको बचाउ गरेका हुन् ।
ओलीले बालुवाटारको जग्गा किन्न महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको दाबीसमेत गरे । ‘पार्टी र सरकारलाई कमजोर बनाउन बालुवाटारमा जग्गा छ भनेर महासचिव पौडेलमाथि आक्रमण भइरहेको छ,’ उनले भने, ‘उहा“ले राजाको निरंकुश शासन भएका बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नुभएको हो ।’ ओलीले महासचिव पौडेलमाथि आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजिएकाले त्यसतर्फ सतर्क हुनुपर्ने पनि बताए ।
ओलीले महासचिव पौडेलको जग्गा सरकारी हो कि अतिक्रमित भन्ने विषय पछि थाहा हुने बताए । ‘हतारो गर्नु पर्दैन । सरकारी जग्गा व्यक्तिका नाममा गर्नेहरूको खोजी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जहा“सुकैको भए पनि अतिक्रमित जग्गा फिर्ता ल्याउ“छौं ।’
पौडेलले २०६१ सालमा बालुवाटारमा शोभाकान्त ढकालकी पत्नी उमा ढकाल र रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदीको नामबाट चार÷चार आना जग्गा कुल ४ लाख रुपैया“मा छोरा नवीनका नाममा खरिद गरेका हुन् । नेता पौडेलले माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला सरकारबाट निर्णय गराई २०६७ सालमा नक्कली पशुपति टिकिन्छा गुठी खडा गरी नक्कली गुठियारलाई तीन रोपनीभन्दा बढी जग्गा दिलाउन भूमिका खेलेका थिए । उक्त जग्गा नक्कली गुठी र गुठियारको नाममा गराउन शोभाकान्त र सुवेदीको प्रमुख भूमिका थियो ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले गुठी कायम भइसकेको जग्गा व्यक्तिबाट पौडेलले खरिद गरेको दाबी गर्दै त्यस्तो जग्गा फिर्ता नहुने बताएकी थिइन् । उनले गुठीबाट व्यक्तिको नाममा कायम भइसकेको जग्गा सरकारको नाममा नआउने दाबीसमेत गरेकी थिइन् ।
संसदीय दलको बैठकमा ओलीले सरकारी सम्पत्ति जोसुकैले हडपेको भए पनि फिर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने उनको भनाइ थियो । ‘ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो । अहिले सरकारविरुद्ध उल्टै प्रतिपक्षीहरू बोलिरहेका छन् । सरकारी सम्पत्ति जहा“सुकै जोसुकैले हडप गरेको होस्, दृढतापूर्वक कडाइका साथ फिर्ता ल्याइने छ । फिर्ता ल्याउ“दा कसलाई मर्का पर्छ भनेर सरकारले हेर्दैन ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सरकार अझै सशक्त रूपले प्रस्तुत हुने बताए । उनले वाइडबडी जहाज खरिद प्रकरणलगायत भ्रष्टाचारका काण्डहरू सरकारले छानबिन गर्ने र दोषीलाई अनुहार नहेरी कारबाही गर्ने दाबी गरे । संघीय संसदको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद प्रकरणमा छानबिन सुरु गर्नासाथ त्यसलाई काउन्टर दिन ओली सरकारले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा जहाज खरिद प्रक्रियाको अनुसन्धान गर्न समिति गठन गरेको थियो । समितिको घोषित म्याद सकि“दासम्म ओली सरकारले अध्यक्ष र सदस्यलाई नियुक्तिपत्र नदिएपछि छानबिन समिति स्वतः निष्क्रिय हुन पुगेको थियो ।
ओलीले पार्टीका सांसदहरूलाई हल्लाको पछि नलाग्न पनि आग्रह गरे । ‘हल्लाको पछि नलाग्नुस्, वाइडबडी अनियमितताबारे पनि सरकारले छानबिन गर्दै छ,’ उनले भने, ‘मैले भ्रष्टाचारीको अनुहार हेर्दिन“ भनेको थिए“ । यही कुरा फेरि दोहो¥याउ“छु ।’
प्रधानमन्त्री ओलीले सरकारी र सार्वजनिक जग्गा हडप्न नदिने अभियानमा लागेको सरकारले खुलामञ्चको टहरा भत्काएको दाबीसमेत गरे । ‘भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठडयाएको हो ? हामीले त्यहा“का टहरा भत्काएका छौं । सरकारी जमिन फिर्ता पनि ल्याएका छौं,’ उनले भने । ओलीले गैरकानुनी रूपमा हायात होटलका नाममा लगिएको जग्गासमेत सरकारले फिर्ता ल्याउने दाबी गरे ।
प्रधानमन्त्री ओलीले शान्तिसुरक्षा तथा अमनचयनमा खलल पर्ने गरी बम पडकाउने तथा आतंक फैलाउने जस्ता गतिविधि हुन नदिने बताउ“दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि लगाइएको प्रतिबन्ध यथावत् रहने संकेत दिए ।
उनले सरकार गठन भएको एक वर्षमा विकास र समृद्धिका लागि आधार बनिसकेको दाबी गर्दै मुलुक अब समृद्धिको बाटोमा अघि बढ्ने बताए । उनले विगतमा भन्दा आफ्नो नेतृत्वको सरकारको समयमा मुलुकमा शान्ति सुरक्षा मजबुत भएको दाबी पनि गरे । प्रधानमन्त्री ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको किशोरी निर्मला पन्तका परिवारलाई अधिकारकर्मीहरूले अनावश्यक दबाब दिने काम गरेको टिप्पणीसमेत गरे ।
 धेरै जनाबीच किनबेच भइसकेको बालुवाटारको जग्गा खरिद गरेका महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडपेको दाबी गरेका छन् ।

No comments:

Post a Comment