Wednesday, May 29, 2019

वडाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा, तीन जना घुससहित पक्राउ

काठमाडौं, १२ जेठ– अख्तियारले वडाध्यक्षसहित दुई जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने तीन कर्मचारीलाई घूस रकमसहित पक्राउ गरेको छ ।
सेवाग्राहीस“ग मोहियानी जग्गा छुटाउने सिफारिसका लागि लिएको २५ हजार रुपैया“सहित पक्राउ परेका सप्तरीको सुरुंगा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया“विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । नागरिकताको प्रमाणपत्र बनाउन सहज गराइदिएबापत सेवाग्राहीस“ग लिएको ४ हजार रुपैया“सहित पक्राउ परेका इलाका प्रशासन कार्यालय रामगोपालपुर, महोत्तरीका कम्प्युटर अपरेटर अशोककुमार सिंहविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
झापा भद्रपुरस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका नायब सुब्बा राजकुमार धिमाल र ललितपुरको लगनखेलस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक उपेन्द्रप्रसाद यादव तथा कार्यालय सहयोगी राजन बिष्ट घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment