Monday, January 12, 2015

१६ सचिव बढुवाका लागि ४२ सहसचिवको नाम सिफारिस


  • वरिष्ठबाट बढुवा हुने तीन पदमा आचार्य, बिष्ट र ठाकुर
  • १३ कामु सचिवमध्ये तीन जना सिफारिसमा परेनन् 

काठमाडौं, २८ पुस– बढुवा समितिले विभिन्न मन्त्रालय र निकायमा रिक्त १६ सचिवमा पदोन्नतिका लागि ४२ सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा आइतबार बसेको बढुवा समितिको बैठकले पा“च वर्ष सेवा पूरा गरेका सहसचिवहरूमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ४२ जनाको नाम सिफारिस गरेको हो ।
रिक्त १६ सचिवमध्ये वरिष्ठबाट बढुवा हुने २० प्रतिशत अर्थात् ३ सिटका लागि समितिले निजामती ऐनअनुसार सबभन्दा वरिष्ठ तीन सहसचिव सुरेशप्रकाश आचार्य, शरद बिष्ट र गजेन्द्र ठाकुरको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदले उनीहरू तीनै जनालाई स्वतः सचिवमा बढुवा गर्नेछ । वरिष्ठबाट सचिवमा सिफारिस भएकाहरूलाई मन्त्रिपरिषदले बढुवा गर्नु कानुनी रूपमै बाध्यकारी छ ।

वरिष्ठबाट सचिव बढुवाका लागि सिफारिस भएका आचार्य र ठाकुर सहरी विकास मन्त्रालयका प्राविधिक सहसचिव हुन् भने दरबारको राजप्रासाद सेवा विघटन भएपछि निजामतीतर्फ ल्याइएका बिष्ट विविध सेवाका सहसचिव हुन् । उनी महिला आयोगमा छन् ।
समितिले बा“की १३ सचिव बढुवाका लागि निजामती ऐनअनुसार तीन गुनाबढी अर्थात् ३९ सहसचिवको नाम सिफारिस गरेको छ । समितिले कार्यसम्पादन मूल्यांकनमा पूर्णांक प्राप्त गरेका सहसचिवहरूमध्येबाट वरिष्ठ ३९ जनालाई सचिव बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिले आइतबार नै सचिव बढुवाका लागि आफूले गरेको सिफारिस मन्त्रिपरिषदमा पठाइसकेको छ । मन्त्रिपरिषदको आगामी बैठकमा सचिव बढुवाका बारेमा छलफल हुने जानकारी स्रोतले दिएको छ ।
सचिव बढुवाका लागि सिफारिस भएकामा आधा संख्यामा कानुन सेवाका सहसचिव छन् । सरकारले कायम मुकायम सचिव बनाएका १३ सहसचिवमध्ये परराष्ट्रका शंकर बैरागी, रक्षाका देवेन्द्र सिटौला र सूचना आयोगकी जीवनप्रभा लामा सिफारिसमा नपरेको जानकारी बढुवा समिति सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार लामाको कार्यसम्पादन मूल्यांकनमा नम्बर काटिएको र बैरागी र सिटौला कनिष्ठ भएकाले सिफारिसमा नपरेका हुन् ।
कामु सचिवहरू सूचना तथा सञ्चारका सुनिलबहादुर मल्ल, शान्ति मन्त्रालयका खुमराज पुञ्जाली, अख्तियारका प्रेमकुमार राई, जल तथा ऊर्जा आयोगका ईश्वरीप्रसाद पौडेल, सतर्कता केन्द्रका रमेशकुमार शर्मा, सार्वजनिक खरिद अनुगमन कार्यालयका टंकमणि शर्मा, कामु क्षेत्रीय प्रशासकहरू शंकर कोइराला, अन्नपूर्णनन्द दास, दिनेश थपलिया र विजयकुमार मल्लिक भने सचिव बढुवाको सिफारिसमा पर्न सफल भएका छन् ।  
स्रोतका अनुसार सचिव बढुवाका लागि सिफारिस भएकामा सुनिलबहादुर मल्ल, कमलशाली घिमिरे, रामकुमार आचार्य, लक्ष्मण मैनाली, राजन खनाल, केदारबहादुर अधिकारी, टेकप्रसाद ढुंगाना, श्रीधर सापकोटा, चन्द्रकुमार घिमिरे, महेश दाहाल, सुरेश प्रधान, ईश्वरीप्रसाद पौडेल, टंकमणि शर्मा, नवराज भण्डारी, प्रेमकुमार राई, शशिशेखर श्रेष्ठ छन् ।
त्यसैगरी सहसचिवहरू जयदेव श्रेष्ठ, राजेश्वरमान सिंह, बिमलप्रसाद ढकाल, खुमराज पुञ्जाली, राजेन्द्रप्रसाद नेपाल, दिनेश थपलिया, शंकर कोइराला, शंकर बैरागी, रमेशकुमार शर्मा, अन्नपूर्णनन्द दास, विजयकुमार मल्लिक, यादव घिमिरे, वीरबहादुर चन्द, कृष्ण गिरी, लेखनाथ पौडेल, श्रीकान्त पौडेल, खगराज पौडेल, किरण पौडेल, विपुल न्यौपाने, नहकुल सुवेदी, महेश शर्मा पौडेल, जनार्दन नेपाल, नातिबाबु लामिछाने, भूपेन्द्र पौडेल र झमकप्रसाद शर्मासमेत सचिव बढुवाका लागि सिफारिस भएका छन् ।
हाल रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, शान्ति तथा पुनर्निर्माण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, पा“चवटा क्षेत्रीय प्रशासन कार्यालय, अख्तियार, सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, सूचना आयोग, जल तथा ऊर्जा आयोगमा गरी १६ सचिव पद रिक्त छन् ।  













No comments:

Post a Comment