Friday, January 30, 2015

भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई

बहुउद्धेश्यीय आयोजनाबाट ५१ हजार हेक्टरमा सिंचाइ पुग्ने र ४८ मेगावाट विद्युत् उत्पादन हुने
काठमाडौं, १६ माघ– सिंचाइ विभागले भेरी–बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडलाई दिएको छ । भेरी–बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना र कम्पनीबीच बिहीबार ठेक्का सम्झौता भएको जानकारी सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासेले दिएका छन् ।
उनका अनुसार ठेक्का सम्झौतास“गै ठेकेदार कम्पनीले एक महिनामा सरकारको महत्वाकांक्षी आयोजनाको मुख्य संरचना सुरुङ निर्माण कार्य सुरु गर्नेछ । प्राविधिक योग्यता पुगेर छानिएका ठेकेदार कम्पनीहरूमध्ये सबभन्दा कम रकम कबोलेको चिनिया“ कम्पनीलाई सुरुङ निर्माणको जिम्मा दिइएको हो ।

बर्दिया र बा“केको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु¥याउने र बाह्रै मास ४८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको महत्वाकांक्षी बहुउद्धेश्यीय आयोजना हो । भेरी नदीमा बा“ध बा“धेर १२ किलोमिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ । बबई सिंचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बा“केको खेतीयोग्य जग्गामा लगेर सिंचाइ गरिनेछ । दुई जिल्ल्लाका ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सुनिश्चित सिंचाइ सुविधा पुग्नेछ ।
भेरीको पानी सुरुङबाट लगेर बबईमा पानी खसाल्ने हात्तिगाल भन्ने ठाउ“मा पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत् उत्पादन गर्नेछ । उत्पादित बिजुली् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिंचाइ सुविधा र विद्युत् उत्पादनका लागि एउटा नदीको पानी अर्को नदीमा खसाल्ने यो मुलुककै पहिलो आयोजना हुनेछ ।
यो आयोजनामा टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने कार्य हुनेछ । नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने प्रविधि भित्र्याइएको हो । मुलुकमा विभिन्न जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजनामा मेसिनको सट्टा प्राविधिकले ड्रिलिङ गरेर सुरुङ खन्ने काम हु“दै आएको छ ।
आयोजनाले पहिलो चरणमा सुरुङ निर्माणको काममात्र सुरु गर्न लागेको हो । सुरुङ निर्माण कार्य साढे चार वर्षमा सम्पन्न हुने जानकारी भेरी–बबई बहुउद्धेश्यीय आयोजनाका प्रमुख शिव बस्नेतले दिए । उनका अनुसार सुरुङ निर्माण कार्य आधाआधी भएपछि भेरी नदीमा बा“ध (इन्टेक) र बबईको हात्तीगालमा विद्युत् गृह निर्माण सुरु गरिनेछ । साढे चार वर्षपछि आयोजनाबाट बर्दिया र कैलालीमा सिंचाइ सुविधा पुग्नेछ भने पावर हाउस निर्माण सम्पन्न गरी अबको छ वर्षमा विद्युत् उत्पादन सुरु हुने जानकारी बस्नेतले दिए ।
आयोजनाले ठेकेदार कम्पनीलाई १० अर्ब ५७ करोड रुपैया“मा सुरुङ निर्माणको ठेक्का दिएको हो । इन्टेक र पावर हाउसको लागत जोड्दा बहुउद्धेश्यीय आयोजना सम्पन्न गर्न हालको मूल्यमा १६ अर्ब रुपैया“ लाग्ने अनुमान छ । तर, इन्टेक र पावर हाउसको ठेक्का दुई वर्षपछिमात्र हुने भएकाले बजार मूल्यस“गै लागत केही बढ्ने अनुमान आयोजनाको छ ।




No comments:

Post a Comment