Friday, January 30, 2015

कांग्रेस–एमाले ललिचो नभएकामा राष्ट्रपतिको असन्तुष्टि

राष्ट्रपति–सभामुख भेटवार्ता
काठमाडौं, १६ माघ– राष्ट्रपति डा. रामवरण्ँ यादवले सत्तारूढ दल काग्रेस र एमालेका नेता एमाओवादी र मधेसवादी केन्द्रित दलसहितको विपÔी मोर्चालाई वार्तामा ल्याउन लचिलो नभएकामा असन्तुष्टि प्रकट गरेका छन् ।
राष्ट्रपतिले शीतल निवासमा बिहीबार संविधानसभाका सभाध्यÔ सुवास नेम्वाङस“ग भएको भेटका क्रममा त्यस्तो असन्तुष्टि व्यक्त गरेको जानकारी स्रोतले दिएका छन् । राष्ट्रपतिले विपक्षी मोर्चालाई सहमतिमा ल्याउन कांग्रेस र एमाले लचिलो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस र एमालेले विपक्षी मोर्चा सहमति गर्न लचिलो नभएको भन्दै संविधानसभामा संविधानको मस्यौदा निर्माण गर्न बहुमतीय प्रक्रिया अघि बढाएका छन् । विपक्षी मोर्चाको बेल घेराउ र विरोधकै बीच संविधानसभाबाट मस्यौदा निर्माण गर्न समितिसमेत गठन भइसकेको छ ।

विपक्षी मोर्चाले बाह्रबु“दे समझदारी, शान्ति सम्झौता, मधेसी दलसित भएको सहमतिविपरीत आफूहरूले पेलेर कांग्रेस र एमालेले दुई तिहाइको आडमा संविधान निर्माण गर्न बहुमतीय प्रक्रिया अघि बढाएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । विपक्षी मोर्चाले बहुमतीय प्रक्रिया फिर्ता नभएसम्म कांग्रेस र एमालेसित वार्ता नै नगर्ने अडान राखेको छ ।
सत्तापक्ष र विपक्षीबीचको राजनीतिक गतिरोध बढ्दै गइरहेका बेला राष्ट्रपतिले सभाध्यक्ष नेम्वाङमार्फत् सहमतिमा संविधान निर्माणका लागि कांग्रेस र एमालेलाई लचिलो हुन सन्देशमूलक दबाब दिएका हुन् । नेम्वाङले राष्ट्रपतिबाट सत्तापÔ लचिलो भएर सहमतिका लागि अघि बढ्नुपर्ने धारण्ाँ आएको जानकारी दिए ।
‘अर्को पÔ (विपक्षी मोचा) लाई सहमतिमा ल्याउनुपर्छ त्यसमा सत्तापÔले लचिलो भएर वार्ताको वातावरण्ँ बनाउने भूमिका देखाउनुपर्छ भन्ने कुरा राष्ट्रपतिबाट आयो’ नेम्वाङले भने । भेटका अवसरमा राष्ट्रपतिले संविधान निर्माण्ँको प्रक्रिया अब के हुन्छ भन्ने प्रश्नसमेत सभाध्यÔलाई गरेका थिए । सभाध्यÔले सहमतिकै लागि आफूले कांग्रेस–एमाले तथा विपÔी मोर्चा दुवैले भनेभन्दा बीचको बाटो अपनाएको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

No comments:

Post a Comment