Thursday, January 15, 2015

सुवेदीद्वारा अर्थ छाडेर वैदेशिकको महानिर्देशकमा जान अस्वीकार

काठमाडौं, १ माघ– मन्त्रिपरिषदको निर्णय, सामान्य र अर्थमन्त्रालयको आदेशविपरीत सहसचिव भरत सुवेदीले राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकबाट श्रम मन्त्रालयमा फिर्ता हुन अस्वीकार गरेका छन् ।
श्रम मन्त्रालयले पठाएको काजका आधारमा सुवेदी अर्थमन्त्रालय मातहतको राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक भएका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले श्रमबाट राजस्व अनुसन्धान विभागमा गरिएको काज सरुवा गैरकानुनी भएको जिकिर गर्दै फिर्ता गर्न निर्देशन दिइसकेको छ । सामान्य प्रशासनले सुवेदीलाई राजस्व अनुसन्धान विभागमा काज सरुवा गर्ने निर्णय अवैधानिक भएको निर्णय गरेपछि श्रम मन्त्रालयले उनलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा पदस्थापना गर्ने निर्णय गरेको थियो ।

अर्थमै बस्ने रुचि भएका सुवेदीले श्रम मन्त्रालयको पुस २२ को वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गर्ने निर्णय अटेर गरी राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकमा बस्दै आएका छन् ।
श्रम मन्त्रालयले आफूले काज सरुवा गरेका सुवेदीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गर्दा पनि नआएको जानकारी गराएपछि अर्थको प्रशासन विभागले उनलाई खटाएकै ठाउ“ (वैदेशिक रोजगार विभाग) मा जान बुधबार लिखित पत्राचार गरेको छ ।
अर्थको प्रशासन महाशाखाले सुवेदीलाई वैदेशिक रोजगार विभागमा सार्ने श्रम मन्त्रालयले निर्णय गरिसकेकाले सोही ठाउ“मा जान बुधबार लिखित आग्रह गरेको छ । राजस्व अनुसन्धान विभागको प्रशासन महाशाखाले अर्थ र श्रमको निर्देशनबमोजिम सुवेदीलाई वैदेशिक रोजगार विभागमा फर्काउन रमानापत्रसमेत तयार गरिसकेको थियो ।
तर, राजस्व अनुसन्धान विभागको प्रशासन शाखाले सुवेदीलाई रमानापत्र बुझाउन लाग्दा महानिर्देशक बालकृष्ण घिमिरेले बुधबार रोकेको जानकारी स्रोतले दिए । प्रशासन शाखाले तयार गरेको रमानापत्र खोसेर घिमिरेले सुवेदीलाई विभागको उपमहानिर्देशकमा राखिराख्न खोजेको जानकारी स्रोतले दिए ।



No comments:

Post a Comment