Monday, January 19, 2015

विवादास्पद मियाँ पुनः हज कमिटीको अध्यक्ष

काठमाडौं, ५ माघ– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मुस्लिम धर्मावलम्बीलाई २०६७ सालमा मक्कामदिनामा तीर्थयात्रामा पठाउ“दा हवाई टिकटमा अनियमितता गरेको आरोप लागेका ताजमुहम्मद मिया“लाई हज कमिटीको अध्यक्ष नियुक्त गरेका छन् । 
गौतमले मन्त्रीस्तरीय निर्णयबाट मिया“को अध्यक्षतामा बढीमा दुई वर्षका लागि २१ सदस्यीय हज कमिटी गठन गरेको जानकारी गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले दिए । हज कमिटीले नेपाली मुस्लिम धर्मावलम्बलीलाई मक्कामदिनामा तीर्थयात्रा (हज) मा पठाउ“दा समन्वय र हवाई टिकटको व्यवस्था गर्ने कार्य गर्छ ।

गौतमले २०६७ मा गृहमन्त्री हु“दा मिया“लाई हज कमिटीको अध्यक्ष नियुक्त गरेका थिए । मिया“ले पहिलो कार्यकालमा अनियमितता गरी मह“गो मूल्यको जहाज टिकट खरिद गरी हजयात्रीलाई मक्कामदिना पठाउ“दा ७५ लाख रुपैया“ अनियमितता गरेको ठहर संसदको सार्वजनिक लेखा समितिले गरेको थियो । 
तत्कालीन गृहमन्त्री गौतम र हज कमिटीका तत्कालीन अध्यक्ष मिया“ले अरू नै कम्पनीको टिकट किन्दा नेपाल वायु सेवा निगमलाई ७५ लाख रुपैया“ घाटा पुगेको र उनीहरू दुई जनाबाट ७५ लाख असुलउपर गर्नुपर्ने प्रतिवेदन समितिको थियो । गौतमले तिनै विवादास्पद मिया“लाई हज कमिटीको अध्यक्ष बनाई पुनः पुरस्कृत गरेर अनियमिततालाई बढावा दिन खोजेको गृहका अधिकारी बताउ“छन् ।
६ प्रजिअको सरुवा 
गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । सिन्धुपाल्चोकका प्रजिअ गोपाल पराजुलीलाई मन्त्रालयमा सारिएको छ । पर्बतका प्रजिअ कृष्ण ज्ञवालीलाई सिन्धुपाल्चोकमा सरुवा गरिएका छन् । मन्त्रालयका उपसचिव ऋषिराज तिवारीलाई पर्वतको प्रजिअ बनाइएको छ ।  
दैलेखमा पिताम्बर घिमिरे, बाग्लुङमा शेषनारायण पौडेल र कालीकोटमा प्रदीप श्रेष्ठलाई प्रजिअ बनाइएको छ । दैलेख, बाग्लुङ र कालीकोटका प्रजिअ सहसचिवमा बढुवा भई अन्यत्र पदस्थापन भएकाले नया“ पठाउनुपरेको हो ।



No comments:

Post a Comment