Tuesday, January 27, 2015

नेपाल–चीन सम्बन्धको हीरक महोत्सव मनाइने

मन्त्रिपरिषदद्वारा चार निकायमा नियुक्ति 
काठमाडौं, १३ माघ– सरकारले नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यÔतामा एक समिति गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बेठकले विभिन्न कार्यक्रम गरी नेपाल–चीनबीच कूटनीतिक सम्बन्धको हिरक महोत्सव मनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्त एवं सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले दिए ।
मन्त्रिपरिषदले क्यानाडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको स्थायी प्रतिनिधि तोकेको छ । सरकारले नेपाल टिम्बर कर्पाेरेशन लिमिटेडको अध्यÔमा अर्काे व्यवस्था नभएसम्मका लागि वन तथा भू–संरÔण्ँ मन्त्रालयका सहसचिव कृष्ण्ँप्रसाद आचार्यलाई नियुक्त गरेको छ भने महाप्रबन्धकमा वीरेन्द्रकुमार यादवलाई नियुक्त गरिएको छ ।

सरकारले नेसनल ट्रेडिङ कर्पाेरेसन लिमिटेडको महाप्रबन्धकमा पूणर््ँशंकर बसी र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रबन्धकमा कुमार केसीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र संगीत नाट्य एकेडेमी भारतबीच एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतबीच समझदारीपत्रमा हस्ताÔर गर्न स्वीकृति प्रदान गरेकोसमेत सञ्चार मन्त्री डा रिजालले जानकारी दिए ।



No comments:

Post a Comment