Tuesday, January 13, 2015

निषेधित क्षेत्रको म्याद तीन महिना थपियो

काठमाडौं, २९ पुस– सरकारले काठमाडौं जिल्लाभित्रका सुरक्षाका दृष्टिले संवेदनशील नौ ठाउ“मा जुलुस, धर्ना र प्रदर्शन गर्न लगाइएको निषेधित क्षेत्रको म्याद तीन महिना थप गरेको छ । निषेधित क्षेत्र घोषणाको म्याद पुस २३ बाट सकिएकाले पुनः तीन महिना थप गरिएको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले दिएका छन् ।
उनका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले संविधानसभा भवन, राष्ट्रपति कार्यालय, सिंहदरबार, नारायणहिटी दरबार र प्रधानमन्त्री निवासको वरपर तथा हनुमानस्थान, भद्रकाली, बबरमहल र माइतीघरमा जुलुस, धर्ना र प्रदर्शन गर्न तीन÷तीन महिनाका लागि रोक लगाउन निषेधित क्षेत्र घोषणा गर्ने गरेको छ ।

अर्यालले ती क्षेत्रमा पुनः जुलुस, धर्ना र प्रदर्शनमा रोक लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधित क्षेत्रको म्याद तीन महिनाका लागि थप गरेको जानकारी दिए ।

No comments:

Post a Comment