Tuesday, January 20, 2015

अन्ततः सुवेदी श्रममै फर्किए

काठमाडौं, ६ माघ– विवादास्पद सहसचिव भरत सुवेदीले श्रम तथा रोजगार मन्त्रालयले निर्णय गरेको दुई सातापछि सोमबार वैदेशिक रोजगार विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् । अर्थ मन्त्रालयमै बस्ने विशेष ‘रुचि’ भएका सुवेदीलाई श्रम मन्त्रालयले पुस २२ मा महानिर्देशकमा सरुवा गर्ने निर्णय गरे पनि उनी अटेर गरी राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकमा बस्दै आएका थिए । 
श्रम मन्त्रालयबाट काजमा राजस्व अनुसन्धान विभागमा आएका सुवेदीलाई अर्थमन्त्रालयले माघ १ मा वैदेशिक रोजगार विभागमा फर्कन लिखित निर्देशन दिएको थियो । अर्थको पत्र आएको चार दिनपछिमात्र सुवेदीले राजस्व अनुसन्धान विभागबाट सोमबार रमाना लिएर वैदेशिक रोजगार विभागमा हाजिर हुन गएको जानकारी स्रोतले दिएका छन् ।

मन्त्रिपरिषदद्वारा श्रम मन्त्रालयको सीप विकास केन्द्रमा सरुवा गरिएका सुवेदी खटाएको ठाउ“मा नगई काजमा राजस्व अनुसन्धान विभागमा गएर उपमहानिर्देशक भएका थिए । सामान्य प्रशासन मन्त्रालयले सुवेदीको काज सरुवा गैरकानुनी भएको निर्णय गरेपछि श्रम मन्त्रालयले उनलाई बाध्य भएर वैदेशिक रोजगार विभागमा पठाएको हो  




No comments:

Post a Comment