Friday, January 9, 2015

एनटीभी–रेडियो नेपाल मर्ज गर्न कार्यदल गठन

काठमाडौं, २५ पुस– सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गरी सार्वजनिक प्रसारण्ँ निकाय गठन गर्न कार्यदल गठन गरेको छ । नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहको अध्यक्षतामा गठित कार्यदलले सार्वजनिक प्रसारण निकाय गठनका विÈयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्नेछ ।  
कार्यदलमा विज्ञका रूपमा पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल टेलिभिजनका पूर्वअध्यक्ष कुन्दन अर्याल र रेडियो नेपालबाट सेवा निवृत्त कृष्ण्ँबहादुर केसीलाई राखिएको छ । कार्यदलको सदस्यमा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक रमेश कार्की, निर्देशक अशोक बाँस्कोटा, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण्ँ हुमागाईं, नायब महाप्रबन्धक दीपकमणि धिताल र सञ्चार मन्त्रालयका सहसचिव र कानुन शाखाका उपसचिव रहेका छन् ।  

कार्यदललाई आवश्यक नीतिगत निर्देशन र सुझाव दिनका लागि सूचना तथा सञ्चार मन्त्रालयका कामु सचिव सुनिलबहादुर मल्ल संयोजक रहेको निर्देशक समितिसमेत गठन गरिएको छ, त्यसमा कानुन, अर्थ र सञ्चार मन्त्रालयका सहसचिव सदस्य रहेका छन् । कार्यदलले ६ महिनाभित्र सार्वजनिक प्रशारण निकाय गठन गर्नका निम्ति आवश्यक पर्ने नीतिगत, प्रशासनिक र कानुनी आधार सहितको सुझाव पेश गर्न जिम्मेवारी पाएको छ ।  
यसैबीच सूचना तथा सञ्चार मन्त्रालयले रेडियो प्रसार सेवा विकास समिति (रेडिया नेपाल) को सञ्चालक समितिको रिक्त सदस्यमा रमेश पौडेललाई नियुक्त गरेको छ । रेडियो नेपालमै कार्यरत पौडेल कला तथा साहित्यको क्षेत्रको प्रतिनिधित्व गर्दै समितिमा नियुक्त भएका हुन् ।

No comments:

Post a Comment