Sunday, January 18, 2015

कृषिमा लाग्ने युवालाई ६ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण

काठमाडौं, ४ माघ– सरकारले युवा वर्गलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्न ६ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण दिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले मुलुकमा व्यावसायिक कृषि पेशाको प्रवद्र्धन गर्न तथा विदेश पलायन रोक्न कृषिमा लाग्ने युवालाई ६ प्रतिशत दरमा सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको हो । कृषि मन्त्रालयका अधिकारीका अनुसार यसअन्तर्गत खेती गरिएको जग्गालाई धितो मानी आवश्यकताअनुसार युवा वर्गलाई ऋण प्रवाह गरिनेछ ।
विश्व बैंकले १३ अर्ब सहयोग गर्ने
विश्व बैंकले मुलुकमा सौर्य ऊर्जाको विकास र विद्युत् चुहावट २८ प्रतिशतबाट १० प्रतिशतमा झार्नका लागि गुरुयोजना बनाई काम अघि बढाउन १ सय ३० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने भएको छ । मन्त्रिपरिषदले बैंकको उक्त सहायता स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौता गर्ने अख्तियारी अर्थमन्त्रालयलाई दिएको छ ।

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार विश्व बैंकको सहयोगमध्ये ८५ मिलियन डलर (साढे आठ अर्ब रुपैया“) बाट नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट निर्माण गरी विद्युत् उत्पादन गरिनेछ भने बा“की साढे ४ अर्ब रुपैया“ विद्युत् प्राधिकरणको बिजुली चुहावट रोक्न गुरुयोजना बनाई प्रसारण प्रणालीको आधुनिकीकरण, कमसलका ठाउ“मा उच्चस्तरीय कन्डक्टर फर्नेलगायतका काम अघि बढाइनेछ ।
दुई राजनीतिक नियुक्ति
मन्त्रिपरिषदले औद्योगिक विकास निगमको अध्यक्षमा गौतममान श्रेष्ठ र हेटौंडा सिमेन्ट कारखानाको महाप्रबन्धकमा रमेश अर्याललाई नियुक्त गरेको छ ।

No comments:

Post a Comment