Tuesday, May 22, 2018

चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम लोकमार्ग निर्माण हुने


‘मदन भण्डारी लोकमार्ग’ १२ सय किमी लामो हुने

काठमाडौं, ७ जेठ– सरकारले चुरे तथा भित्री मधेस हुँदै नया“ पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण कार्य अघि बढाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो महत्वाकांक्षी पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपाल (महाकाली नदी) सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको हो । लोकमार्गको लम्बाइ १२ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ।
चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा–गैंडाकोट–रामपुर–तम्घास–सिमलटारी–प्युठान–घोराही–तुलसीपुर–बोटेचौर–सुर्खेत–बट्टचौर–सीमचौर, वीपीनगर, सहजपुर, जोगबुढा हु“दै रूपालसम्म निर्माण हुनेछ।
पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमी लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा २५ वर्षदेखि यातायात सञ्चालनमा छ ।

झापादेखि कञ्चनपुरको चा“दनी–दोधारा जोडने दोस्रो पूर्व–पश्चिम हुलाकी लोकमार्गको निर्माण कार्य अत्यन्त धिमा गतिमा अघि बढिरहेको छ । झापादेखि कञ्चनपुरसम्म तराई–मधेसको दक्षिणी भेग भएर बन्ने १ हजार २७ किमी लम्बाइको यो लोकमार्गको निर्माण कार्य २० प्रतिशतको हाराहारीमा मात्र भएको छ । करिब ८० प्रतिशत ठाउ“मा ट्रयाक खोल्नै बा“की छ ।  २०५० मा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर नेपाल भ्रमणमा आउ“दा भारतले हुलाकी लोकमार्ग बनाइदिने घोषणा गरेको थियो । भारतीय सहयोग पर्याप्त नआउ“दा यो लोकमार्गको निर्माणले गति लिन सकेको छैन । अघिल्लो वर्षदेखि सरकारले आफ्नै खर्चमा समेत उक्त लोकमार्गको निर्माणलाई गति दिने निर्णय गरे पनि त्यसअनुरूप काम अघि बढेको छैन ।
तेस्रो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने कार्य सम्पन्न हुने क्रममा छ । आगामी आर्थिक वर्षभित्रै यो लोकमार्गको ट्रयाक पूर्ण रूपमा खुली यातायात सञ्चालनमा आउने दाबी भौतिक पूर्वाधार मन्त्रालयको छ । पूर्वमा पा“चथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको लम्बाइ १७ सय ७६ किमी छ । ट्रयाक खुलेपछि सडकको रेखांकनलाई सोझ्याएर यसको लम्बाइ १३ सय किमीमा छोट्ट्याउने योजना भौतिक पूर्वाधार मन्त्रालयको छ ।
चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्गमा पर्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा खण्डमा ट्र्याक खुलेर यातायात सञ्चालन हुन सक्ने अवस्थाको छ । यो खण्डकको लम्बाइ ३ सय ८० किमी छ । मधेस आन्दोलनका महेन्द्र लोकमार्ग बन्द हु“दा तराईका यात्रु र मालवाहक गाडी यो खण्डको धरान–चतरा हुु“दै हेटौंडा र राजधानी आउने तथा राजधानी–हेटौंडा हु“दै धरानसम्म जाने गरेका थिए ।  
यो खण्डमा कालोपत्रे गर्ने र पुल निर्माणको काम सुरु भइसकेको छ । यो खण्डमा सरकारले एक वर्षअघि नै करिब १२ अर्ब रुपैया“मा चारवटा ठेक्का परिचालन गरी कालोपत्रे र पुल निर्माणको काम सुरु गरिसकेको छ । 
यो लोकमार्गको बा“की खण्डको निर्माणका लागि अध्ययन गरी सडकको एलाइन्मेन्ट (रेखांकन) गर्न बा“की छ । बा“की खण्डको समेत अध्ययन र रेखांकन कार्य तत्काल अघि बढाई निर्माण कार्य सुरु गरिने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार बा“की खण्डमा कतिपय ठाउ“मा निर्माण भइसकेका सडकसमेत पर्ने भएकाले लोकमार्ग निर्माण छिटो अघि बढाउन सकिनेछ । नीति तथा कार्यक्रममार्फत् सरकारले यो लोकमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ । यो लोकमार्ग निर्माणका लागि जेठ १५ मा आउने बजेटमा रकम विनियोजन गरिने जानकारीसमेत ती अधिकारीले दिए ।







No comments:

Post a Comment