Thursday, May 24, 2018

कान्तिपुरका सम्पादक थापालाई सुशासन अवार्ड

काठमाडौं, ९ जेठ– असल शासनको क्षेत्रमा कार्यरत संस्था गोगो कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापार्ला यस वर्षको सुशासन अवार्ड प्रदान गर्ने भएको छ । फाउन्डेसनले असल शासन अभिवृद्धिका लागि विशिष्ठ योगदान गरेकामा थापालाई सुशासन अवार्डसहित सम्मान गर्ने निर्णय गरेको हो ।
फाउन्डेसनले विज्ञप्ति जारी गरी ‘पत्रकारिताका माध्यमबाट भ्रष्टाचारविरुद्धको अभियानमा विशिष्ठ योगदान गरेको’ ठहरसहित थापालाई सन् २०१७ को गोगो फाउण्डेसन अवार्ड प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । सुशासन अवार्ड प्रदान गरिने व्यक्तित्वको चयनका लागि पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेशनका अध्यक्ष अनिता बिन्दू र कार्यकारी निर्देशक केदार खडका सदस्य–सचिव रहेको समिति गठन गरिएको थियो ।

फाउन्डेसनले हरेक वर्ष पत्रकारिता, सार्वजनिक प्रशासन तथा सामाजिक अभियानमध्ये एक क्षेत्रबाट सुशासनका लागि योगदान गर्नेलाई चयन गरी सम्मान–पत्र, रनिङ सिल्ड तथा नगद पुरस्कार प्रदान गर्ने गर्छ । यसअघि डा. भगवान कोइराला र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुशासन अवार्डबाट सम्मानित गरिएको थियो ।

No comments:

Post a Comment