Monday, May 7, 2018

७९ एसपीको सरुवा, २४ जिल्लाको प्रहरी नेतृत्व फेरियो

काठमाडौं, २३ वैशाख– प्रहरी प्रधान कार्यालयले आइतबार ७९ एसपी (प्रहरी उपरिक्षक) को सरुवा गरेको छ । ठूलो संख्यामा सरुवाका क्रममा २४ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार नवलपरासीमा राजेन्द्रप्रसाद भट्ट, सिन्धुलीमा रामेश्वर यादव, पर्सामा रेवती ढकाल, मकवानपुरमा लोकेन्द्र श्रेष्ठ, तनहु“मा सिद्धिविक्रम शाह, धनकुटामा सुरेन्द्रबहादुर गुरुङ, चितवनमा सुशीलसिंह राठौर, सर्लाहीमा हृदय थापा, भक्तपुरमा हिमालयकुमार श्रेष्ठ, कास्कीमा ओमबहादुर राना र डोटीमा किसनसिंह थापालाई सरुवा गरिएको छ ।

यसैगरी धनुषामा गोविन्द थपलिया, स्याङजामा जयराज सापकोटा, सिराहामा जीवनकुमार श्रेष्ठ, धादिङमा डम्बरबहादुर विक, बाग्लुङमा दिपक रेग्मी, कन्चनपुरमा दिल्लीराज विष्ट, नुवाकोटमा वसन्तकुमार कु“वर, कैलालीमा विनोद घिमिरे, गोरखामा बिमल बस्नेत, कपिलबस्तुमा मनोजकुमार यादव, इलाममा माधवप्रसाद श्रेष्ठ, बारामा मिरा चौधरी, रौतहटमा रविन्द्र केसी, काभ्रेमा रविराज खडा र सुनसरीमा राजन अधिकारीलाई लगिएको छ ।

No comments:

Post a Comment