Monday, May 14, 2018

हजार मेगावाट यही वर्ष थपिँदै

काठमाडौं, ३० वैशाख– यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हु“दै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ ।
मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो । यति लामो अवधिमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी अबको एक वर्षमै उत्पादन हुने जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले दिए । 
‘निजी क्षेत्रका आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ५ सय मेगावाट पुगिसकेको छ । अहिले निजी क्षेत्रले कुल २५ सय मेगावाट उत्पादन क्षमता भएका विद्युत् आयोजनाहरू निर्माण गरिरहेका छन्,’ उनले भने, ‘अब एक वर्षमा निजी क्षेत्र र सरकारी आयोजनाबाट १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादन थपिनेछ ।’ उनका अनुसार एक वर्षमा निजी क्षेत्रको उत्पादन मात्रै १ हजार मेगावाटभन्दा बढी पुग्नेछ । ‘१ सय ७ वर्षमा मुलुकले जति बिजुली उत्पादन गर्न सक्यो, त्यति नै बिजुली अबको एक वर्षमै थपिनेछ,’ गुरागाईंले भने ।

मुलुकमा बर्सेनि करिब सय मेगावाट बिजुलीको माग बढ्छ । २०७४ मा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा सय मेगावाट बिजुली थपिएको थियो । गत वर्ष स्वदेशी निजी क्षेत्रका ११ आयोजनाबाट ७० र विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाबाट ३० गरी एक सय मेगावाट थपिएको हो । यस वर्ष अघिल्लो वर्षको तुलनाको १० गुणाभन्दा बढी बिजुली उत्पादन सुरु हुनेछ ।
अबको एक वर्षभित्र विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट आगामी पुसदेखि बिजुली उत्पादन सुरु हुने प्रक्षेपण प्राधिकरणको छ । ऊर्जा मन्त्रालयका अनुसार प्राधिकरणबाट निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना पूरा भई यसै वर्षदेखि बिजुली उत्पादन सुरु हुनेछ ।
निजी क्षेत्रबाट निर्माणाधीन साउनभित्र सकिने आयोजनाहरू सोलु खोला २३.५, माथिल्लो दोर्दी ‘ए’ २५, अपर चाकु ‘ए’ २२.२, म्रिस्ती खोला ४२, दोर्दी २७, खानी खोला–१ ४०, वाग्मती २२, तल्लो मोदी २०, काबेली ‘बी’ १ को २५, तल्लो हेवा २१.६, अपर खिम्ती १२, नमार्जुन मादी १२, इवाखोला ९.९, रुडी ‘ए’ ८.८ मेगावाट, सभा खोला ८.३, घट्टे खोला ५, दुवा खोला ९.९, ठेउले खोला १.५, पराजुली खोला २.१, लोहारे खोला ४.२, सलांखु २.५, रुडी ‘ए’ ८.८, घलेम्दी घोला ५, कपडीगाड ३.३, अपर मैलुङ ‘ए’ ६.४, तादी ५, सल्लेरी खोला ०.६, मिडल मिदिम ३.१, गेलुन खोला ३.२, खोरुंगा खोला ४.८, तल्लो तादी ४.९ मेगावाट छन् ।
यी सबै नया“ आयोजना नदीको बहावमा आधारित रहेकाले हजार मेगावाटभन्दा बढी उत्पादन थपिए पनि हिउ“दमा मुलुकमा बिजुली अपुग हुनेछ । त्यही कारण हिउ“दमा मुलुकमा लोेडसेडिङ हुन नदिन भारतबाट बिजुली आयात गर्नुपर्नेछ भने वर्षायाममा मुलुकमा मागभन्दा बढी बिजुली उत्पादन भई खेर जाने सम्भावना रहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । ती अधिकारीका अनुसार मुलुकमा बिजुली खेर जान नदिन आन्तरिक खपत बढाउने र भारतसित वर्षायाममा नेपालबाट निर्यात गर्ने र हिउ“दमा भारतीय बजारबाट आयात गर्ने प्रयोजनका लागि ‘इनर्जी बैंकिङ’ का लागि ऊर्जा मन्त्रालयले सहमतिको पहल गरिरहेको छ ।


कुनबाट कति मेगावाट ?
सरकारी आयोजनाबाट
माथिल्लो तामाकोसी ४५६ 
माथिल्लो त्रिशूली ३ ‘ए’ ६० 
कुलेखानी तेस्रो १४

निजी आयोजनाबाट
सोलु खोला २३.५
माथिल्लो दोर्दी ‘ए’ २५
अपर चाकु ‘ए’ २२.२
म्रिस्ती खोला ४२
दोर्दी २७
खानी खोला–१ ४०
वाग्मती २२
तल्लो मोदी २०
काबेली ‘बी’–१ २५
तल्लो हेवा २१.६
अपर खिम्ती १२
नमार्जुन मादी १२
इवाखोला ९.९
रुडी ‘ए’ ८.८
सभा खोला ८.३
घट्टे खोला
दुवा खोला ९.९ 
ठेउले खोला १.५
पराजुली खोला २.१
लोहारे खोला ४.२
सलांखु २.५
रुडी ‘ए’ ८.८
घलेम्दी घोला
कपडीगाड ३.३
अपर मैलुङ ‘ए’ ६.४
तादी
सल्लेरी खोला ०.६
मिडल मिदिम ३.१
गेलुन खोला ३.२
खोरुंगा खोला ४.८
तल्लो तादी ४.९

No comments:

Post a Comment