Monday, May 7, 2018

उपसचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकाकी कार्यकारी अधिकृत (उपसचिव) लीला अधिकारीसहित दुई जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठसमेत छन् ।
अधिकारी र श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका–२ को बा“डेपाखामा रिजर्भ वायर (पानी ट्यांकी) निर्माण कार्य सकिएपछि अन्तिम बिल भुक्तानी र कार्य अनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीस“ग ५ लाख रुपैया“ घुस लिएका थिए । अख्तियार टोलीले उनीहरूलाई घुस रकमसहित अघिल्लो महिना पक्राउ गरेको थियो । अनुसन्धान पूरा भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment