Monday, May 7, 2018

बिष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं, २३ वैशाख– सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र बिष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गोकुल बा“स्कोटाले बिष्ट र अहिराजलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार वरिष्ठ पत्रकार सम्मान बबिता बस्नेत, कौशल चेम्जोेङ र निमबहादुर बूढाथोकीलाई प्रदान गर्ने निर्णय भएको छ । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा गठित समितिले पुरस्कृत एवं सम्मानित हुने पत्रकारहरूको नाम छनौट गरेको हो ।  सचिव गुरुङले समितिले पुरस्कार र सम्मान प्रदान गरिने पत्रकारहरूको छनौट पारदर्शी रूपमा गरिएको बताए ।
पा“चै जना पत्रकारलाई सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार र सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment