Thursday, May 24, 2018

कारागार र हिरासतको अवस्था सुधार गर्न आयोगको सिफारिस

काठमाडौं, ९ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले मुलुकभरका कारागार तथा हिरासतमा कैदी तथा बन्दीहरूको आवासको अवस्था दारुण रहेको उल्लेख गर्दै सुधार गर्न सरकारलाई सिफारिस गरेको छ । मुलुकभरका कारागार र हिरासतको अनुगमनका क्रममा कैदी÷बन्दीको बसोबासको अवस्था राम्रो नपाइएपछि आयोगले सरकारलाई सुधार गर्न सिफारिस गरेको हो ।
आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुदीप पाठकले अनुगमनका क्रममा अधिकांश कारागार जीर्ण र बसोबासका लागि उपयुक्त नभएको पाइएको बताए । उनले आयोगको सिफारिसअनुसार कारागार र हिरासतको अवस्था मानव बसोबासका लागि उपयुक्त बनाउन सरकारलाई सिफारिस गरिएको बताए ।  ‘भवन निर्माण गरेर कैदी र बन्दीको उचित व्यवस्था गर्न हामीले सरकारलाई निर्देशन दिएका छौं’ उनले भने ।
आयोगले कारागारभित्रका कैदीबन्दीहरूबीच हुने झगडा र झडपको छानबिन गरेर दोषीलाई कारबाही गर्न, दैनिक खर्च र दसैं खर्च बढाउनसमेत सरकारलाई सिफारिस गरेको छ ।


No comments:

Post a Comment