Monday, May 14, 2018

भारतसँगको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री

‘छिट्टै चीन जान्छु’ 
काठमाडौं, ३० वैशाख– प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । मोदीको नेपाल भ्रमण र उपलब्धिबारे आइतबार प्रतिनिधिसभा बैठकलाई जानकारी दि“दै नेपाल–भारत सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने सकारात्मक वातावरण बनेको बताएका हुन् ।
ओलीले मोदीको भ्रमणक्रममा मुलुक र जनताको शिर निहुरिने र कमजोर पार्ने काम नभएको बताए । ‘राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कही“ कतै छोडिएको छैन,’ उनले भने, ‘अहिलेभन्दा तीन वर्षअघि नेपाल–भारत सम्बन्ध तनावको अवस्थामा थियो । त्यसबाट नाकाबन्दीको स्थितिमा गयो । आज हामी छिमेकीस“ग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै ।हामी सबैस“ग मित्रताको सम्बन्ध चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध बराबरीका आधारमा हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने बताए । भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको उनको भनाइ छ । भारतसित भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने उनले बताए । ‘ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु,’ उनले भने ।
उनले आफू छिट्टै चीन भ्रमणमा जाने बताए तर कहिले जाने भन्ने खुलाएनन् । ‘हाम्रा दुवै छिमेकीस“ग सम्बन्ध सुमधुर र सुदृढ बनाइनेछ, निकट भविष्यमा म चीन भ्रमणमा जा“दै छु,’ ओलीले भने । उनले नेपाली जनताले गल्ती, कमजोरी र चुक्ने काम नहोस्, विगतका गल्ती पनि सच्याइयोस् भनी लगातार गरेको खबरदारीलाई आफूले अत्यन्तै सकारात्मक रूपमा लिएको बताए । राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानप्रति सरकार निकै सचेत रहेको उनले उल्लेख गरे ।
उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा त्यस क्षेत्रमा आवश्यकताअनुसारका सडक र पुल निर्माण गर्न नेपालले गरेको प्रस्तावलाई भारतले सकारात्मक रूपमा लिएको र बिजुली आयात–निर्यातलाई व्यवस्थित गर्न इनर्जी बैंक बनाउन प्रस्ताव गरिएको जानकारी दिए ।



No comments:

Post a Comment