Saturday, May 19, 2018

गणतन्त्र दिवस मनाउन समारोह समिति गठन

काठमाडौं, ४ जेठ– जेठ १५ मा गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी ओलीको संयोजकत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।  सिंहदरबारस्थित गृहमन्त्रालय परिसरमा शुक्रबार बसेको मूल समारोह समितिको बैठकले जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ सम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र बाहिर नेपाली नियोगहरूमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । 
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।  

बैठकले जेठ १४ मा गणतन्त्र दिवस मनाउन सञ्चार माध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चार माध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचना, स्मारिका प्रकाशन गर्ने र सा“झ दिपावली गर्ने कार्यक्रम तय गरेको छ । जेठ १५ मा गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइ“ गर्ने, शहिदहरुको आत्माको चिरशान्तिका लागि मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ । 
सोही दिन बिहान ७ः३० बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टु“डिखेलमा उपस्थित हुने कार्यक्रम छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झा“की प्रदर्शन गरिनेछ । 
जेठ १६ गते सा“झ दिपावली गर्ने कार्यक्रम रहेको छ । उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रम गरिनेछ । 

No comments:

Post a Comment